काठमाडौं उपत्यकामा छसहित ३१५ जनामा कोरोना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा ती सय १५ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा अब संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

काठमाडौंमा ५ र भक्तपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा.गौतमले बताए । ललितपुर जिल्लामा शनिबार पोजेटिभ पाइएको छैन ।

शनिबारसम्म ११ हजार ५ सय ३३ जना क्वारेन्टिनमा छन् । आइसोलेनमा रहनेको संख्या पाँच हजार तीन सय ३८ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर ९३ जना घर फर्किएका छन् । निको भएर १४ हजार चार सय ९२ जना घर फर्किएका छन् ।

नेपालमा कोरोनाबाट शनिबारसम्म ५६ जनाको मृत्यु भइसकेको छ ।

Published : Saturday, 2020 August 1, 5:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया