नेविसंघ, तरुण दलसहितका भ्रातृ संस्थाहरूको म्याद छ महिना थप

काठमाडौं । नेपाली कांग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ (नेविसंघ)सहितका भ्रातृ संस्थाहरूको पदावधि छ महिना थप गरेको छ ।

भ्रातृ संस्थाहरूको समयावधि समाप्त भएपछि कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गरेर समयवाधि छ महिना थप गरेको जानकारी गराएका हुन् ।

‘पार्टी आवद्ध भ्रातृ संघहरू नेपाल तरुण दल, नेपाल विदार्थी संघ, नेपाल प्रजातानित्रक सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदाधिवधि समाप्त भएकोले आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएको मितिबाट छ महिनाका लागि निर्देशानुसार म्याद थपिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Friday, 2020 July 31, 7:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया