काठमाडौं उपत्यकामा कोरोनाबाट महिलाको मृत्यु

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम बढिरहेका बेला पाटन अस्पतालमा एक महिलाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट उपचाररत् ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

आइसियूमा उपचाररत उनको शुक्रबार बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालका निर्देशक डा.विष्णु शर्माले जानकारी दिएका छन् ।

ती महिलालाई साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । मृतक महिला ललितपुर थसिखेलकी बासिन्दा हुन् । उनी वीरगञ्जबाट ललितपुर आएकी थिइन् ।

स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो । ती महिलालाई निमोनियाको समस्या रहेको डा. शर्माले बताए ।

बिहीबार वीरगञ्जमा तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । मृत्यु हुनेमा भारतीय नागरिक समेत रहेका जगदम्बा इन्टरप्राइजेजका सिइओसहित दुई जना पर्साका बासिन्दा छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

Published : Friday, 2020 July 31, 2:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया