कोरोनाबाट तीन जनाको मृत्यु, ५२ पुग्यो संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट तीन जना पुरुषको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार तीन जनाको कोरोनाबाट मृत्यु भएको बताए । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

मृत्यु हुनेमा मोरङ जिल्लाको सुनवर्ती नगरपालिकाका ४५ वर्षीया पुरुषको बुधबार मृत्यु भएको हो । उनी नेपाल–भारत आवत जावत गर्दै आएको डा.गौतमले बताए । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी ७० वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई निमोनिया भएको थियो । उनलाई मुटुु र मधुमेहको समस्या रहेको थियो ।

वीरगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनलाई पखाला लागेपछि अस्पताल लगिएको थियो । कोरोनाको नमूना परीक्षण गर्दा उनलाई संक्रमण देखिएको प्रवक्ता डा.गौतमले बताए ।

Published : Thursday, 2020 July 30, 5:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया