तरुण दलको कार्यालयमा आइपुग्यो लिपुलेकसहितको नक्सा, सबै तरुण कार्यालयमा राखिने

काठमाडौं । नेपाल तरुण दलले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी भएको नक्सा आफ्नो कार्यालयमा राखेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सा बुधबार केन्द्रीय कार्यालयमा राखिएको बताए ।

भारतद्वारा अतिक्रमित नेपाली भूमि समावेश गरिएको नक्सालाई देशैभरि तरुण दलको कार्यालयमा राखिने उनले बताए ।

नेपाल निजामती कर्मचारी युनियन भूमि ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको विभागीय कार्यसमिति, नापी विभागद्वारा तरुण दललाई नयाँ नक्सा तरुण दलको कार्यालय रविभवनमा हस्तान्तरण गरिएको थियो ।

नयाँ नक्सा हस्तान्तरण कार्यक्रममा अध्यक्ष बस्नेत, उपाध्यक्ष उत्तम चापागाइँ र कोषाध्यक्ष विद्वान गुरुङलगायतको उपस्थिति रहेको थियो ।

भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा पचास वर्षदेखि अतिक्रमण गरेर राखेको छ । नेपालले पटक–पटक नेपाली भूमिबाट भारतीय सेना हटाउन भारतसँग आग्रह गर्दै आएको छ ।

चीनसँगको व्यापारका लागि नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतले कब्जा गरेर राखेको छ । नेपाली भूमिमा भारतले सडक समेत बनाएको छ ।

Published : Thursday, 2020 July 30, 11:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया