ओली–प्रचण्डका नेता कार्यकर्ताले जुम्लामा चारतारे झण्डा बाेके, कांग्रेसमा खुसीयाली

जुम्ला । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का लोकप्रिय नेताहरू नेपाली कांग्रेस जुम्लामा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस जुम्लाले हिमा गाउँपालिकामा मंगलबार आयोजना गरेको कार्यक्रममा नेकपाका १२९ जना नेता तथा कार्यकर्ताहरू प्रवेश गरेका हुन् ।

कम्युनिस्ट सरकारले जनताको पक्षमा काम गर्न नसकेका बेला जुम्लासहित देशभरि कांग्रेसमा प्रवेश गर्नेहरूको संख्या बढेको छ ।

कांग्रेस प्रवेश गर्नेमा नेकपा जुम्लाका युवा नेता उपराज अधिकारीको नेतृत्वमा १२९ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले जानकारी दिए ।

कांग्रेस प्रवेश गरेका अधिकारी २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन एमालेबाट हिमा गाउँपालिका वडा नं. ६ मा वडाध्यक्ष उम्मेदवार बनेका थिए । अधिकारी जम्मा ८ मतले पराजित भएका थिए ।

जुम्ला कांग्रेसमा नेकपाका नेता तथा कार्यकर्ताहरू धमाधम प्रवेश गरेकोमा नेपाली कांग्रेस जुम्लाले खुसी व्यक्त गरेको छ ।

सत्ताका लागि नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच खिचातानी गरिरहेका बेला नेकपाको जुम्लामा पहिरो गएको छ ।

यसैबीच, नेकपा परित्याग गरि हिमा गाउँपालिका वडा नं. ६ का जुझारु युवा नेता ललित अधिकारी पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

 

Published : Thursday, 2020 July 30, 7:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया