तरुण विभागद्वारा सभापति देउवासँग भेट, सचिवमा श्रेष्ठ मनोनीत

काठमाडौं । नेपाली कांग्रेस तरुण विभागका संयोजक शंकर भण्डारीले सचिवमा श्यामप्रसाद श्रेष्ठलाई चयन गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछि संयोजक भण्डारीले श्रेष्ठलाई सचिवमा मनोनीत गरेका हुन् । देउवाससँगको परामर्शपछि भण्डारीले श्रेष्ठलाई सचिवको जिम्मेवारी दिएको जनाइएको छ ।

केही दिन अगाडि मात्रै विभागका सदस्यहरूले महामन्त्री पूर्णबहादुर खड्काको उपस्थितिमा सपथ लिएका थिए ।

यसैबीच, सपथ लिनेवित्तिकै तरुण विभागका संयोजक भण्डारीसहित सदस्यहरूले सभापति देउवासँग बुढानिलकण्डस्थित निवासमै पुगेर भेटेका थिए ।

सभापति देउवाले तरुण विभागका संयोजक र सदस्यहरूलाई कांग्रेसको संगठन निर्माणमा इमान्दारिताका साथ काम गर्न निर्देशन दिएको संयोजक भण्डारीले जानकारी दिएका छन् ।

Published : Wednesday, 2020 July 29, 10:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया