सुनिल थापा प्रवेश गर्नुभन्दा अगाडि नै नेकपाका ठूला नेताहरू कांग्रेसमा प्रवेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संखुवासभा सदस्य राजन कोइराला र तेण्डी शेर्पा लगायत १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

काठमाडौंको महाराजगञ्जस्थित निवासमा मंगलबार नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।

महामन्त्री डा.कोइरालाले उनीहरूलाई पार्टी सदस्यता प्रदान गरेका छन् ।

डा.कोइरालाले कांग्रेसको आर्दश र सिद्धान्त स्वीकार गर्ने सबैलाई कांग्रेसको ढोका खुला रहेको बताए ।

राप्रपाका नेता सुनिलबहादुर थापालाई सह–महामन्त्री दिएर कांग्रेसमा ल्याउने सन्दर्भमा महामन्त्री डा.कोइरालाले भने, ‘पञ्चायत छाडेर सूर्यबहादुर थापा नै कांग्रेसमा आउँदा वीपी कोइरालाले पनि पार्टीमा स्वागत गर्नुहुन्थ्यो ।’

राष्ट्रियता, प्रजातन्त्र र समाजवाद मान्ने सबै व्यक्ति नेपाली कांग्रेस हुन सक्ने उनले बताए ।

पूर्वमन्त्री थापा मंगलबार नेपाली कांग्रेसमा प्रवेश गर्दै छन् । थापा कांग्रेस प्रवेश गर्दै गर्दा महामन्त्री डा.कोइरालाले नेकपाका नेताहरूलाई कांग्रेसमा भित्र्याएका छन् ।

Published : Tuesday, 2020 July 28, 10:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया