कोरोनाबाट तीनको मृत्यु, सोमबार १३९ जनामा संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरिमा चौबीस घण्टामा थप १३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले कोरोनाबाट तीन जनाको मृत्यु भएको जानकारी दिएका छन् । हलmसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६५ वर्षीय भारतीय पुरुष, धनुषाका ३६ वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुष रहेका छन् ।

भारतीय नागरिकको पर्साको वीरगञ्जमा मृत्यु भएको हो । उनी मुटु तथा मधुमेहको रोगी रहेको बताइएको छ ।

धनुषाका शहीदनगर नगरपालिकाका पुरुषको भने शनिवार सघन उपचार कक्षमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई भर्ना गरिएको र आइतवार स्वास्थ्यस्थिति गम्भीर बनेपछि थप उपचारका लागि धरान लग्ने क्रममा बाटोमा मृत्यु भएको डा. गौतमले बताए ।

बाराका पुरुषमा भने निमोनिया, मस्तिष्कघात र मिर्गौलासम्बन्धी रोगको काठमाडौंमा उपचार भइरहँदा कोरोनाभाइरस संक्रमणका कारण सोमबार बिहान मृत्यु भएको हो ।

नेपालमा यससँगै हालसम्म पुष्टि भएका संक्रमितको कुल संख्या १८ हजार ७ सय ५२ पुगेको छ ।

संक्रमितको संख्यासँगै निको हुनेको संख्या पनि बढिरहेको प्रवक्ता डा.गौतमले बताए ।

पहिलो २४ घण्टामा ६२६ जना निको भएसँगै अहिलेसम्म १३ हजार ७ सय ५४ जना रोगमुक्त भएका छन् ।

प्रवक्ता डा.गौतमले अहिले सक्रिय संक्रमण भएका कुल ४,९२० व्यक्ति देशभरि आइसोलेशनमा छन् । केही स्थानमा संक्रमितहरूलाई घरमै अलग्ग बस्ने अनुमति पनि दिइएको छ ।

साउन ६ गते रातिदेखि लकडाउन खुलेको छ दिन अगाडि र छ दिन पछाडिको तुलना गर्दा परीक्षण गरिएकामध्ये संक्रमित पाइनेको प्रतिशतमा खास फरक नआएको मन्त्रालयका प्रवक्ता डा.गौतमले बताएका छन् ।

Published : Monday, 2020 July 27, 5:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया