कांग्रेसद्वारा तीन ठूला नेताहरूलाई पार्टीबाट निस्काशन

काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री समेत रहेका गोविन्दराज जोशीसहितका तीन नेतालाई पार्टीबाट निस्काशन गरेको छ ।

केन्द्रीय अनुशासन समितिका अनुसार जोशीसहित पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरिएको हो ।

जोशीले गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।

पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्किासन गरिएको छ ।

उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप छ ।

डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ ।

अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो । उनीहरूको जवाफ चिक्तबुझ्दो नभएको भन्दै पार्टीको अनुशासन उंल्लंघन गरेकाले पार्टीबाट निस्कासन गर्ने निर्णय भएको समितिको विज्ञप्तिमा उल्लेख छ ।

Published : Saturday, 2020 July 25, 8:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया