यो हो कम्युनिस्टका ठूला ‘अरिँगाल’हरूकाे असलीत, कांग्रेस सह–महामन्त्री डा.महतद्वारा भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले सत्तामा रहेकाहरू सत्ताको भोगमा रमाइरहेको भन्दै लकडाउनका बेला कोरोना भाइरसको संक्रमण रोकथामका लागि गर्नुपर्ने उपाय गर्न चुकेको बताएका छन् ।

नेपाल प्रेस युनियनलाई केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा शनिबार सम्बोधन गर्दै डा.महतले केपी ओलीलाई हटाएर सत्ताको भोग गर्न लागेको बताए । ‘तपाई मात्रै सत्तामा बस्ने, हामीले पनि सत्ताको भोग गर्न पाउनुपर्छ भन्नुभएको छ’, नेकपाका नेताहरूप्रति लक्षित गर्दै डा.महतले भने, ‘तपाई मात्रै भोग गर्ने ? त्यो ठाउँमा हामी पनि त हुनुप¥यो भन्ने मात्रै उहाँहरूको भनाइ छ ।’

‘यस्तो परिस्थितिको चाँडै अन्त्य गर्नुपर्छ । नेपाली जनताले अन्त्य गर्छन्’, उनले भनेका छन् ।

‘लकडाउनलाई सरकारले तयारीको रुपमा उपयोग गर्नुको साटो लकडाउनलाई विरोध रोक्ने अवसरका रुपमा नेकपा र सरकारमा रहेकाहरूले लिनुभयो’, उनले भने, ‘समग्र समयलाई सत्ता संघर्ष, सत्तामा बस्ने कसरी बसिरहने, सत्तामा बस्न नपाएकाहरू तपाई मात्रै बस्ने, हामी अब बस्नु परेन ? भन्ने कुरामा उहाँहरू लकडाउनको समय बिताउनुभयो ।’
कांग्रेसको कोरोना अनुगमन समितका संयोजक समेत रहेका डा.महतले सरकारसँग जनताप्रतिको सम्वेदनशीलता कत्ति पनि नदेखिएको बताए ।

‘कुनै पनि तयारी हुँदै भएन । त्यसले गर्दा कोरोना भाइरसको संक्रमण अझै विस्तार भयो’, उनले भने, ‘आर्थिक सामाजिक परिस्थिति पनि डावाडोल भयो । कन्ट्रोल लकडाउनको अवस्थामा अझै देश रहेको छ ।’

‘खाद्यान्न संकटदेखि लिएर सभाईबको संकट देशमा बढेको छ । पाँच लाखभन्दा धेरै नेपाली भारतबाट आइसके’, डा.महतले भने, ‘नेपालभित्र पाँच लाखभन्दा धेरै प्रत्यक्ष बेरोजगार छन् । त्यसले गर्दा देशमा आर्थिक संकट उत्पन्न भएको छ ।’

‘देशमा भयाबह अवस्था आउन सक्छ । पर्यटन तत्कालै सुधार हुने अवस्था छैन’, पूर्वमन्त्री समेत रहेका डा.महतले भनेका छन्, ‘सुधार हुन कमसेकम ३ वर्ष लाग्नेछ । रेमिटेन्स घटेको छ । अहिले १५ प्रतिशत रेमिटेन्स घट्यो भनेपनि अहिले जो घर फर्किएका छन् उनीहरूले पैसा ल्याएको हुनाले देखिएको हो । रेमिटेन्समा अबका दिनमा दवाव पर्नेछ ।’

‘देश अफ्ठयारो स्थितिमा छ । यो अफ्ठ्यारो स्थितिका बारेमा सरकार कत्ति पनि सम्वेदनशील छैन’, सह–महामन्त्री डा.महतले भने, ‘उहाँहरू अर्कै दुनियाँमा रहेका हामीहरू पनि देखिरहेका छौँ ।’

‘प्रधानमन्त्रीको अभिव्यक्ति बेसार खाए हुन्छ, आछ्यु गरेपनि हुन्छ भन्ने अभिव्यक्तिले कति गम्भीर हुनुहुन्छ भन्ने देखाउँछ’, डा.महतले भनेका छन् ।

‘अहिले नाफा कमाउने बेला होइन । बैंकहरूले ब्याज दर घटाउनुपर्छ’, उनले भने, ‘विगतमा धेरै कमाएको देखिएको छ । पुनः कर्जाको कार्य गर्नुपर्छ । उद्योग व्यवसाय बाँच्यो भने रोजगारी बाँच्छ । सबैले आफ्नो दायित्व लिनुपर्छ ।’

‘हामी क्वारेन्टिनमा गयौँ, हस्पिटलमा गयौँ । टेकु अस्पतालमा हामी सिधै गयौँ । त्यहाँ मन्त्री र सचिव अहिलेसम्म गएका रहेनछन्’, उनले भने, ‘त्यहीसँगै जोडिएको स्वास्थ्य विभाग छ । यताबाट उता जान बार लगाइएको छ । के समस्या छ भनेर बुझ्न कोही गएका छैनन् ।’

‘टेकुमा चार पाँच सय जनाको लामो लाइन छ । नमूना परीक्षणको लागि भिड छ’, उनले भने, ‘सरकार संक्रमणको परिस्थितिलाई रोक्नका लागि कति गम्भीर छ भन्ने देखाउँछ । सरकारको टेस्टिङ किट नै कम भएको छ । टेस्ट घटाइएको छ । लक्षण नदेखिएकोलाई टेस्ट नगर्ने । यसले गर्दा संक्रमणको स्थिति रोक्ने देखिएन । क्वारेन्टिनमा पोजेटिभ देखियो भने आइसोलेसनमा लैजानुपर्नेछ । क्वारेन्टिनमा संक्रमित सार्ने ठाउँ भएको छ ।’

‘यस्तो बेला पत्रकारलाई जागिरबाट हटाउनु हुँदैन । सञ्चार गृहले त्यसको जिम्मेवारी लिनुपर्छ । सरकार शून्य उत्तरदायित्वमा छ’, उनले भनेका छन् ।

‘क्वारेन्टिनमा केन्द्र सरकारको कुनै रेस्पोन्सिबल छैन । रोजगार गुमाएको पत्रकारको व्यवस्थापन गर्नुपर्छ’, कांग्रेसका सह–महामन्त्री डा.महतले भने, ‘सरकारले जिम्मेवारी लिनुपर्छ । कांग्रेसले संक्रमण छ । सरकारले नै तलब व्यवस्था गर्ने गरेर गर्नुपर्छ । समुदायहरूले चलाइरहेका छन् । स्थानीय सरकारले अलिअलि काम गरिरहेको छ । केन्द्र र प्रदेश सरकार सुतेर बसेको छ ।’

सह–महामन्त्री डा.महतले प्रेस स्वतन्त्राका लागि कांग्रेसले सधैँ रक्षा गर्ने आश्वासन दिए ।

‘स्वतन्त्रताको आइडियाबाट नै देश समृद्ध हुन्छ । त्यो फाउण्डेशनलाई नै समाप्त पार्न सरकार लाग्दै छ । किन कि उहाँहरू स्वतन्त्रतामा विश्वास गर्नु हुँदैन’, उनले भने, ‘उहाँहरूले मिडिया भनेको हाम्रो प्रशंसामा गर्ने काम हो । विरोध गर्ने, आलोचना गर्ने, प्वाइन्ट आउने गर्ने काम होइन, प्रशंसा मात्रै गर्ने काममा खडा भएको हो ।’

‘जो प्रशंसा गर्न तयार हुनुहुन्न त्यसलाई ठाउँ छैन । त्यस्तै खालको विधेयक आयो । कांग्रेसले विरोध ग¥यो । फिर्ता भयो’, उनले भने ।

‘उहाँहरूले जहाँ ट्रेनिङ लिन जानुस् प्रेस स्वतन्त्रताको अधिकारलाई कसैले खोस्न सक्दैन । खोस्ने अधिकार छैन । खोस्न सक्दैन । हाम्रो देश प्रजातान्त्रिक फ्रेमवर्कमा चल्छ’, डा.महतले भने, ‘अरु देश अरु फ्रेमवर्कमा चलेको होला । हामीलाई केही भन्नु छैन । नेपालमा यताउति गर्न कसैले खोजेको छ भने त्यो असंभव छ । कांग्रेसले दिँदैन । नेपाली जनताले दिँदैनन् । अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्नु हुँदैन ।’

‘सरकारमा बस्नेहरू सत्ता लिप्सामा लागेका छन् । सत्तामा रमाइ रहेका छन् । ओलीजी त असफल हुनु भयो’, उनले भने, ‘जनताप्रति यो सरकार कुनै पनि प्रकारले कुनै पनि कोणबाट जनताप्रति उत्तरदायी छैन । ओलीजीलाई विस्थापित गरेर जो आफू आउन चाहनु हुन्छ एउटा नेताले पनि जनताको कुरा उठाएको छैन ।’

‘सरकारले गरेको भ्रष्टाचारको कुरा उठाएका छैनन् । उहाँहरू भ्रष्टाचारमा बोल्दै बोल्नु हुँदैन । दुरुपयोग र भ्रष्टाचार भएको कुरामा बोल्दै बोल्नु हुँदैन’, उनले भने, ‘प्रजातान्त्रिक संरचनाहरूलाई पार्टीकरण गरेको उहाँहरूले विरोध गर्दै गर्नु हुँदैन । त्यसमा रमाइ रहनुभएको छ । राज्यका संरचनाहरूलाई केन्द्रिकृत गर्ने, पार्टीको भर्ती केन्द्र गर्नुपर्छ ।’

Published : Saturday, 2020 July 11, 2:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया