ओलीले देउवालाई बालुवाटार बोलाए

काठमाडौं । कम्युनिस्ट सरकरका प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रमुख विपक्षी दलका नेता एवम् सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

ओलीले शनिबार बिहान देउवासँग बालुवाटारमा भेटवार्ता गरेका हुन् । उनीहरूका बीच मुलुकभरि वर्षाका कारण भएको जनधनीको क्षति, उद्धार र राहतका विषयमा कुराकानी भएको थियो ।

ओली–देउवाबीच कोरोना भाइरसको महामारीबाट जनताको जीउ ज्यान बचाउनेबारेमा पनि कुराकानी भएको ओली निकट स्रोतले जनाएको छ ।

देउवा र ओलीबीचको सम्वादपछि केन्द्रीय विपत व्यवस्थापन परिषदका बैठक बसेको थियो ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको परिषदमा प्रमुख विपक्षी दलको नेता सदस्य रहने व्यवस्था छ ।

कोरोना भाइरसको महामारी, बाढीपहिरोको समस्या भइरहेका बेला परिषदको बैठक बसेको छ ।

सभापति देउवाले बाढीपहिरोबाट पीडितहरूको उद्धार र राहतमा ओलीको ध्यानाकर्षण गराएका छन् । देउवाले कोरोना महामारीबाट जनता समस्यामा परेको भन्दै ध्यान दिन सरकारसँग आग्रह गरेका छन् ।

Published : Saturday, 2020 July 11, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया