ओलीकाे प्रस्तावले प्रचण्ड र नेपाललाई तनाब, कुरा बुझेपछि याेगेश भट्टराईले मन बिगारे

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद तत्काल समाधान हुने अवस्थामा देखिएको छैन ।

विवाद मिलाइदिन चीनलाई गुहार्दासमेत कुनै सकारात्मक संकेत आएका छैनन् । चिनियाँ राजदूत होउ यान्छीको दवावमा कृतिम एकता भएपनि अब नेकपा धेरै अगाडि बढ्ने छाँटकाँट छैन ।

यसअघि चीनकै दवावमा नेकपाभित्रको विवाद कृतिम रुपमा मिलेको थियो । तर, दुई तीनभित्र त्यो कृतिम सहमति भताभुङ्ग भएको छ । स्रोतका अनुसार चीनले प्रधानमन्त्री केपी ओलीकै सरकारलाई साथ दिन पुष्पकमल दाहाल र माधव नेपाललगायतका नेताहरूलाई दवाव दिँदै आएको छ ।

प्रधानमन्त्री ओलीले अब पूर्वमाओवादीहरूसँग मिलेर जाने अवस्थामा आफै छैनन् । ओलीले गत आइतबार बालुवाटारमा आफू निकटका नेताहरूसँगको बैठकमा ‘मिलेर बस्न नसके माओवादीहरू गए भइहाल्यो नि’ भनेर झटारो दिएका थिए ।

ओली त्यतिमा मात्रै सीमित भएनन् । उनले माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई पनि माओवादी अर्थात दाहाललाई नेता मानेर गए भाइहाल्यो नि भनेर ब्याङ्ग्य गरेका थिए । ओली पूर्वमाओवादीहरूसँग मिलेर अगाडि बढ्नै नसकिने निष्कर्षमा पुगेका छन् ।

ओलीका हरेक गतिविधि र अभिव्यक्तिहरू माओवादीविरुद्ध नै हुने गरेका छन् । भैँसेपाटी, झम्सीखेललगायतका स्थानमा भएका गुटका बैठकहरूको दवावबाट दिक्क भएका ओली यस पटक वारपारको अवस्थामा छन् । उनले यस पटक पूर्वमाओवादी र पूर्वएमालेका केही नेताहरूलाई छुट्टिएर जानका लागि बाटो खोलिदिने तयारीमा छन् ।

ओलीसँग दाहालले प्रधानमन्त्री पद हत्याउने पक्षमा छन् । दाहालको योजना बुझेका ओलीले माओवादीलाई कुनै पनि हालतमा प्रधानमन्त्री र अध्यक्ष पद दिने मुडमा छैनन् । बरु दिनै पर्‍यो भने पूर्वएमालेका नेतालाई दिनेछन् । ओलीले आफू निकटका नेताहरूसँग माओवादीसँग मिलेर ठूलो झमेला ब्यहोरेको बताउने गरेका छन् ।

दोस्रो तहका अध्यक्ष दाहालले पनि ओली र सरकारलाई कहिल्यै पनि सहयोग गरेका छैनन् । सधै सरकारको आलोचना गर्दै आएका छन् । पछिल्लो समय ओलीको राजीनामा माग गरेका छन् ।

दाहाल, नेपालसहितका नेताहरूले ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीको पदबाट हटाउने योजना बनाएपनि सफल हुने कुनै संकेत देखिएको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीका कारण बलियो पोजिशनमा रहेका ओलीलाई तत्काल दाहाल, नेपालसहितका समूहले क्षति पुर्‍याउन सक्ने कुनै सम्भावना छैन । सबै गोप्य रिपोर्ट र सूचनाहरू लिएर बसेका ओली टसकोमस भएका छैनन् । उनले आफ्ना विरोधीहरूलाई ठेगान लगाएरै भए पनि सरकार र नेकपा चलाउने योजना बनाएका छन् ।

उता, वरिष्ठ नेता नेपाल निकट मानिने योगेश भट्टराई र घनश्याम भुसालले ओलीलाई साथ दिने संकेत गरेका छन् । भट्टराई पर्यटन मन्त्री छन् । भुसाल कृषि मन्त्री छन् । भुसाल र भट्टराईले ओली निकटका नेताहरूसँग बाक्लै सम्वादहरू गरेका छन् । मन्त्रीद्वय भट्टराई र भुसालले मध्यमार्गी बाटोबाट निकास दिन खोजेको एक नेताले बताएका छन् ।

मन्त्री भट्टराईले केही दिन अगाडि संसदीय दलकाे कार्यालयमा दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग झण्डै दुई घण्टा गोप्य वार्ता गरेका थिए ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र महासचिव विष्णु पौडेलले पनि निकासका लागि विभिन्न प्रयासहरू गरिरहेका छन् । उनीहरूको प्रस्तावमा सहमति हुन सकेको छैन ।

पोखरेल र पौडेलले आफूहरूको राजनीति सुरक्षित हुने गरेर ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा गराउने योजना बनापछि बालुवाटारमा विभिन्न खालका अड्कलबाजी हुन थालेको छ ।

Published : Friday, 2020 July 10, 12:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया