पूर्व एआईजीका छोरासँग पूर्णिकाको लभ पर्‍यो, भावी ज्वाइँसँग पारस–हिमानी मख्ख

काठमाडौं । पूर्वयुवराज पारस शाहकी जेठी छोरी पूर्णिका शाह प्रेम जालमा परेकी छिन् ।

पूर्णिका काठमाडौंमा स्थायी घर भएका धर्मबरसिंह थापासँग प्रेममा परेको स्रोतले जनाएको छ । अध्ययनका क्रममा थाइल्याण्डमा पूर्णिका र धर्मबरसिंहको सम्पर्कमा पुगेकी थिइन् ।

त्यसपछि यी दुईबीच प्रेमसम्बन्ध गाढा हुँदै गएको थियो । धर्मबरसिंहसँगको प्रेमसम्बन्धका बारेमा पूर्णिकाले आफ्नी आमा पूर्वयुवराज्ञी हिमानी शाहलाई समेत जानकारी गराएकी छिन् ।

आफूभन्दा झण्डै ९/१० वर्षले जेठा रहेका धर्मबरसिंहसँगको डेटिङमा आमा हिमानी पनि सँगै जाने गरेको चर्चा छ । पूर्णिकाका साथीहरूका अनुसार दरबारमार्ग, ठमेल, लाजिम्पाटका रेष्टुरेन्टहरूमा पूर्णिका र धर्मबरसिंहबीच डेटिङ हुने गरेको छ ।

पूर्णिकाका प्रेमी धर्मबरसिंह थापा नेपाल प्रहरीको एआईजीबाट अबकास भएका सुशीलबरसिंह थापाका छोरा हुन् । सुशीलबरसिंह थापाले ०७३ सालमा अवकास पाएका थिए ।

बुबा पूर्व युवराज पारस शाह विभिन्न युवतीहरूसँग नाम जोडिएर बद्नाम भइरहेका बेला छोरी पूर्णिकाले पनि प्रेमी भेटेकी छिन् ।

पूर्व युवराज पारसलाई बुबा पूर्वराजा ज्ञानेन्द्र शाह र पारसकी पत्नी पूर्व युवराज्ञी हिमानीले महाराजगञ्जस्थित निर्मल निवासमा छिर्न रोक लगाएका छन् । पारस काठमाडौंमा अलग बस्ने गरेका छन् । बेलाबेला उनी पोखरामा पनि बस्दै आएका छन् ।

Published : Thursday, 2020 July 9, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया