सक्रिय बन्यो कांग्रेसको कोरोना समिति, मजदुर र व्यवसायीका लागि सरकारलाई दवाव दिने

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतको संयोजकत्वमा गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थिति अनुगमन समितिले उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूसँग छलफल गरेको छ ।

काठमाडौंमा बुधबार भएको छलफलका क्रममा संयोजक डा.महतले कम्युनिस्ट सरकारलाई व्यावसायी लक्षित गरेर राहत ल्याउन आग्रह गरे । उनले व्यवसायीहरूको राहतका लागि सरकारसँग आफूले पहल गर्ने बताएका छन् ।

डा.महतले सरकारले व्यावसायीलाई राहत हुने कुनै पनि प्याकेज अहिलेसम्म नल्याएको भन्दै चिन्ता जनाएका छन् ।

बजेमा पनि निजी व्यावसायी र उद्योगहरूलाई कोरोनापछि कसरी अगाडि बढाउने भन्ने कुनै पनि कुरा नीति तथा कार्यक्रम आफूले नदेखेको बताएका छन् ।

समितिका सदस्य एनपी साउद र डा.चन्द्र भण्डारीले व्यावसायीहरूसँग अहिलेको विषम परिस्थितिमा श्रमिकहरूलाई कामबाट ननिकाल्न आग्रह गरेका छन् ।

व्यवसायीहरूले सरकारले लामो समयसम्म बन्दाबन्दी गरेको भन्दै समस्यामा परेका आफूहरूलाई राहत प्याकेज नल्याएको गुनासो संयोजक डा.महतसँग गरेका थिए ।

व्यवसाय सञ्चालन गर्नेहरूलाई राज्यले अर्कै दृष्टिकोण बनाएर खाली आफूहरूलाई दुःख दिन काम मात्रै गरेको व्यवसायीहरूले कांग्रेसको कोरोना अनुगमन समितिसँग समक्ष गुनासो गरेका थिए ।

समितिले विभिन्न क्षेत्र तथा व्यक्तिहरूलाई कोरोनाको संक्रमण र लकडाउनबाट परेको समस्याका बारेमा जानकारी लिएर सरकारलाई दवाव दिने गरेको छ ।

Published : Wednesday, 2020 July 8, 11:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया