कम्युनिस्ट सांसदले देखाए सत्ताको ध्वाँस, बढ्ता कुरा नगर, टाउको तल गरेर कुरा गर

धनगढी । नेपाल सरकारले वर्षेनि अर्बौको काठ विभिन्न मुलुकबाट आयात हुने अवस्थामा देशभित्रको काठ सदुपयोग गर्ने नीति तथा कार्यक्रम सञ्चालन गरीरहेको छ ।

सरकारले आफूसंग भएको काठलाई वैज्ञानिक विधिबाट सदुपयोग गर्ने लक्ष्य लिएका बेला देशभरि वैज्ञानिक वनको व्यापक चर्चा परिचर्चा भैरहेको छ ।

वैज्ञानिक वनको नाममा व्यापक फडानी भएको भन्दै सरकारले छानविन उपसमिति बनाएको छ ।

केन्द्र सकारले यस्तो व्यक्तिलाई सदस्य बनायो कि जुन व्यक्तिनै काठको तस्करी गर्छन् । त्यही पृष्ठभूमिबाट अकुत सम्पत्ति आर्जन गरेका छन् ।

ती व्यक्ति हुन् डोटीबाट निर्वाचित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रेम आले ।

सरकार परिवर्तन हुन वित्तिकै वन मन्त्री बन्न लागेको समाचार लेखाउन लगाउने सांसद आले छानविन समितिका संयोजक प्रदीप यादवसहित मंगलबार कैलाली आइपुगेका छन् ।

आले आफू मात्र आएनन् मानौकी कुनै ठूलै युद्ध लड्न जाँदै छु भनेझै गरी सामुदायिक वनहरूमा अनुगमनतिर लागे ।

रोचक कुरा के छ भने कैलाली लम्की पुग्दा उनले ठूलै दलबल, गाडीको लावा लस्कर र गुण्डाको झुण्ड बोकेर वन समितिका अध्यक्षलाई हप्काउन थाले ।

लम्कीका विभिन्न वनहरू हेर्दै उनी महोन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौना पुगे । उनले आफ्नो पुरानै शैली दोहो¥याए । जनकल्याण सामुदायिक वनका अध्यक्ष जनक गिरीलाई झपार्नु झपारे । यतिसम्म भन्न भ्याएकी आफ्नो सांसदको गरिमाको समेत खिल्ली उडाए ।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा नेकपाका सांसद आलेले अध्यक्ष गिरीलाई ‘म को हुँ, चिन्छस्’ भनेर हप्काएका छन् ।

‘के मुखमा के हेरेको टाउको तल गर । त साले बढ्ता कुरा गर्छस्’, ओलेले भनेका छन्, ‘हामी माननीय हुँ । मेरो मुखमा हेरेर कुरा गर्ने त को होस् । तेरो वनमा कुन ठेकेदारको लगानी छ भन ।’

नेकपाका आफू निकटका कार्यकर्ताहरूको दलबलसहित वनमा पुगेका आलेले सरकारको नीति तथा कार्यक्रमको कार्ययोजनाअनुसार कटान गसरएका काठका गोलिया देखेपछि आफ्नो बिगत स्मरण गरेको चर्चा छ । सांसद आलेले काठबाट यसअघि अकुत सम्पत्ति जोडेको चर्चा छ ।

सांसद आले वन फडानीबारे छानविन गर्न आएका होइनन् । वनका पदाधिकारीलाई हप्काएर त्रसित बनाएर मोटो रकम हात पार्ने उदेश्यले नेकपाका सांसद आले आएको स्रोतले जनाएको छ ।

सांसद आलेको मंगलबारको शैलीले उनी पैसा उठाउन आएको कुरा पुष्टि गरेको छ । छानविन गर्न आएका आले बनका कर्मचारी र सामुदायिक वनका पदाधिकारीलाई हप्काउनसम्म हप्काएका छन् ।

एक कर्मचारीले भने, ‘मेरा मान्छेको फाईल फालेर अरुलाई ठेक्का दिने । तिमीहरू सबैलाई देखाइदिन्छु । दुईतिहाइको सरकार छ, म को हुँ चिन्छस् । शक्तिशाली प्रधानमन्त्री केपी ओलीको खास मान्छे ।’

नेकपाका सांसद आलेको हप्काइले कर्मचारी र वनका पदाधिकारीहरू त्रसित बनेका छन् । वनका पदाधिकारी र कर्मचारीहरूले नेकपाका सांसद आलेबाट आफूहरू असुरक्षित भएको बताइरहेका छन् ।

नेकपाका सांसद आलेलाई बेलाबेला वन तस्करीको आरोप लाग्ने गरेको छ । वन प्राविधिकहरूले पुष्टि गरिसकेको र विश्वका धेरै देश जस्तै नेपालले पनि वैज्ञानिक वनमार्फत दिगो वन व्यवस्थापन र समग्रमा देशको जीडीपीमा टेवा पु¥याउने आँकलन गरि लागू गरेको कार्यक्रममा सांसद आलेको भूमिका शंकास्पद देखिएको छ ।

आफ्नो निहीत स्वार्थ पूर्ति नहुने र भने जति सबै ठाउँबाट काठ काट्न नमिल्ने, प्राविधिक रूपमा आँकलन गरिसकेपछि मात्र रूख कटान हुने भएपछि तस्कर व्यापार नै डामाडोल हुने देखेर नेकपाका सांसद आले रिसाएको चर्चा छ ।

वैज्ञानिक वनको विरोध गर्नु कुनै आश्चर्यजनक कुरो नभएको वन विज्ञहरू बताउँछन् । नेकपाका सांसद आले जस्ता वन माफिया नेता नै संसदीय उपसमितिमा पर्नुले शंका पैदा गरेको आरोप छ ।

शंकाको पुष्टि सांसद आलेले आफूलाई प्रधानमन्त्री ओलीको विश्वासिलो पात्र हुँभन्दै धम्काएर देखाएको स्थानीयले भनेका छन् । नेकपाका सांसद आलेलाई धम्की र बार्गेनिङको हर्कत नगर्न वनका कर्मचारीहरूले चेतावनी दिएका छन् ।

राजनैतिक आडमा ‘आफै चोर अनि आफै चाबी’ लिने सांसद आलेको प्रवृतिले कसरी वन विकास होला भनेर धेरैलाई चिन्तित बनाएको छ ।

सांसद आलेलाई समितिको सदस्य बनाएर छानविनमा आउँदाका दृश्य र उनको हैकमवादी शैलीले चोरका हातमा चाबी दिएर रत्नकार डाकुलाई बाल्मिकी बनाउने अवसरका रुपमा लिन खोजेको आरोप लागेको छ ।

यसअघि पनि नेकपाका सांसद आलेलाई जग्गा दलालको आरोप लाग्ने गरेको छ । आलले प्रधानमन्त्री ओलीको बलमा विदेशबाट आयत हुने काठलाई प्रोत्साहन गरिरहेको आरोप छ ।

सांसद आलेले मलेसिया, भियतनामलगातका देशहरूबाट नेपालमा काठ भित्र्याउन दलालहरूलाई साथ दिएको आरोप पनि छ । त्यसवापत उनले मोटो रकम असुल्ने गरेको चर्चा छ ।

आलेले विदेशी दलालबाट मोटो रकम बुझेर नेपालका वैज्ञानिक वन व्यवस्थापनलाई नीति तथा कार्यक्रमबाट हटाउन समेत चलखेलमा लागको स्रोतले जनाएको छ ।

डोटी जिल्लामा भएका सल्लाहरूको अवैध तस्करी गरेर काठमाडौंमा भव्य महल बनाएको आरोप पनि सांसद आलेलाई छ ।

Published : Wednesday, 2020 July 8, 10:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया