नेकपाभित्रका दलालविरुद्ध र ओलीको समर्थनमा सर्लाहीमा भव्य प्रदर्शन

लालबन्दी । प्रधानमन्त्री खड्गप्रसाद ओलीको राजीनामा माग गरेकाे विराेधमा सर्लाही जिल्लामा प्रदर्शन भएकाे छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रैबाट राजीनामा माग गरिएपछि ओली विराेधी समूहको विराेधमा नेकपाका नेता तथा कार्यकर्ताहरूले सर्लाहीको लालबन्दीमा बुधवार प्रदर्शन गरेका हुन् ।

लालबन्दीस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा नेकपाका युवा नेता तथा विद्यार्थीले प्रदर्शन गर्दै ओली नेतृत्वको सरकार पाँच वर्ष नै चल्नुपर्ने माग गरेका छन् । प्रदर्शनमा उत्रिएकाहरूले नेकपाभित्रका दलालहरू हाेसीयारभन्दै नारावाजी गरेका थिए ।

राष्ट्रिय झण्डा, नेपालको नक्सा र ओलीको फोटोसहित प्रदर्शनमा उत्रिएका प्रर्दशनकारीले ‘सरकार ढाल्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’लगायत नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

लालबन्दीस्थित डुमडुमे मन्दिरबाट सुरु भएको ¥याली मरिण जाने चौकसम्म पुगेर पुनः पश्चिम बसपार्कमा आई कोण सभामा परिणत भएको कार्यक्रम सञ्चालक एवं अनेरास्ववियूका नेता सरोजबाबु न्यौपानेले जानकारी दिए ।

प्रर्दशनपछि आयोजित कोण सभालाई समापन गर्दै अनेरास्ववियूका नेताहरु श्रीकृष्ण उप्रेती, अन्जना शिवाकोटी, समिम खान र नेकपाका नेता उत्तरकुमार मैनालीले देशले गुमाएको भूमिसहितको राष्ट्रिय नक्सा आर क्याम्पसका स्ववियु उपसभापति श्रीकृष्ण उप्रेतीको सकृयतामा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन गरिएको थियो ।

Published : Wednesday, 2020 July 8, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया