संकटमा परेका ओलीद्वारा सभापति देउवासँग भेटवार्ता

काठमाडौं । पार्टीभित्रको आन्तरिक विवादका कारण समस्यामा परेका प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा असार १७ गते राति झण्डै साढे एक घण्टा ओली र देउवाबीच भेटवार्ता भएको हो । भेटवार्तामा मुलुकको पछिल्लो राजनीकि अवस्थाका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसका एक नेताका अनुसार ओली र देउवाबीच संवैधानिक निकायको बैठक र पदाधिकारीहरू नियुक्तिका विषयमा छलफल भएको थियो ।

नेकपाका नेताहरूले ओलीको राजीनामा माग गरेका बेला देउवासँग भेट भएको छ । भेटमा भएका कुराकानीका विषयमा केही भनिएको छैन ।

Published : Sunday, 2020 July 5, 6:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया