संकटमा परेका ओलीविरुद्ध कांग्रेस नेता खाँण, बालुवाटारभित्र खैलाबैला

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवम् केन्द्रीय सदस्य बालकृष्ण खाँणले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको हर्कतहरूको भण्डाफोर गरेका छन् ।

कांग्रेस नेता खाँणले शुक्रबार ट्वीट गर्दै ओली नेतृत्वको कम्युनिस्ट सरकारको भण्डाफोर गरेका हुन् । उनले ओलीलाई संविधान विरोधको संज्ञा दिएका छन् ।

ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले संविधानमाथि प्रहार गरेको खाँणले आरोप लगाएका छन् । उनले संविधानको रक्षा गर्नुभन्दा पनि संवैधानिक संरचनाहरू एकपछि अर्को गर्दै भत्काउँदै गएको बताएका छन् ।

ओलीले प्रतिपक्ष दलप्रति असंहिष्णु बनेको उनले आरोप लगाएका छन् । ओलीले आफ्ना बिरोधीहरू सफायामा शक्ति खर्च गरेको भन्दै कांग्रेस नेता खाँणले ओलीलाई सहमति उल्टाउन महारथीको उपाधि दिएका छन् ।

‘ओलीको पाँचौ काम जनताको जीवन रक्षामा उदासीन । छैठौं काम नसुन्ने/नगर्ने बोली मात्रै रहने’, उनले भने, ‘सातौं काम अकेला चलो । आठौं काम ब्रेक फेल/टायर पञ्चर ।’

ओली नेतृत्वको कम्युनिस्ट सरकारले काम गर्न नसकेको तथा सत्ता स्वार्थम मात्रै लागेको भनेर आरोप लागिरहेका बेला कांग्रेसका प्रमुख सचेतक खाँणले विरोध जनाएका छन् ।

Published : Friday, 2020 July 3, 11:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया