ओलीका कुराले जिल परे दाहाल, कालोनिलो हुँदै खुमलटार पुगे

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओलीको कुरा सुनेर दोस्रो तहका बिद्रोही अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जिल परेका छन् ।

बालुवाटारमा शुक्रबार ओलीसँगको भेटमा सुनेको जवाफले दाहाललाई तनाब बनाइदिएको हो । ओलीले दाहाललाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने जवाफ दिएका छन् । दाहालले ओलीलाई दुबै पद त्याग्न दवाव दिँदै आएका छन् ।

ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट च्युत गराएर सरकार र पार्टी कब्जा गर्ने रणनीति छापेका दाहाललाई शुक्रबार ओलीका कुराले तनाब बनाइदिएको छ ।

प्रधानमन्त्री ओली र दोस्रो तहका अध्यक्ष दाहालबीचको भेटवार्तामा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।

प्रधानमन्त्री ओलीसँगको भेटवार्ताबारे जानकारी दिन दाहालले आफू निकटका सचिवालयका ५ नेतालाई खुमलटारमा बोलाएका थिए ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान दोहो¥याएको जानकारी दिए ।

दाहालले ओलीलाई नेकपाभित्रको विवादलाई निकास दिन दुबै पद छाड्न दवाव दिएका थिए । दाहालका कुरा सुनेर रिसाएका ओलीले दुवै पद ‘छोड्दैन’ भनेर जवाफ दिएको खनालले बताए ।

ओलीले दाहाललाई अब पार्टी चुपचाप बस्न नसक्ने चेतावनी पनि दिएका छन् । ओली र दाहालवीच भएको सम्वादपछि नेकपाभित्रको विवाद झन् तनापूर्ण भएको छ । नेकपाको शनिबार बस्ने स्थायी समितिको बैठकबाट गम्भीर निर्णय गरिने खनालले बताएका छन् ।

बिहीबार अचानक संसदको अधिवेशन अन्त्य गर्ने निर्णयपछि दाहाल र महासचिव पौडेल ओलीलाई भेट्न गएका थिए ।

ओलीसँगको भेटवार्ता निराशापूर्ण भएपछि दाहाल बालुवाटारबाट कालोनिलो हुँदै बाहिरिएको प्रत्यक्षदर्शी ओली निकटका एक सल्लाहकारले बताएका छन् ।

Published : Friday, 2020 July 3, 10:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया