कांग्रेसले काेराेनामा कम्युनिस्ट सरकारकाे गतिविधि निगरानी गर्ने, अनुगमन समितिले पायो पूर्णता

काठमाडौं । नेपाली कांग्रेसको ‘कोभिड—१९ अनुगमन समिति’ पूर्णता पाएको छ ।

समितिका संयोजक एवम् कांग्रेस महामन्त्री डा.प्रकाशशरण महतले समितिलाई शुक्रबार पूर्णता दिएका हुन् । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा शुक्रबार बसेको समितिको बैठकपछि जारी विज्ञप्तिअनुसार डा.महतले ३५ सदस्सीय बनाएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको जेठ २६ गते बसेको बैठकले कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा अनुगमन गर्न सह–महामन्त्री डा.महतको संयोजकत्वमा ‘कोभिड—१९ अनुगमन समिति’ गठन भएको थियो । सो समितिले शुक्रबार पूर्णता प्राप्त गरेको छ ।

समितिमा कांग्रेसका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्षेत्रका विज्ञहरूलाई सदस्यमा राखिएको छ ।

सदस्यहरूमा मोहनबहादुर बस्नेत, योगेन्द्र चौधरी, एनपी साउँद, महालक्ष्मी उपाध्याय ‘डिना’, डा. चन्द्र भण्डारी, महेन्द्र यादव, गगनकुमार थापा, जीवन परियार, पार्वता डीसी चौधरी, गुरुराज घिमिरे रहेका छन् ।

त्यसैगरी, रमा कोइराला पौडेल, धु्रव वाग्ले, दीव्यमणि राजभण्डारी, राजीवविक्रम शाह, नैनसिंह महर, डा. पोषराज पाण्डे, डा. प्रभु बुढाथोकी, डा.माधवी भट्ट, डा.लक्ष्मीराज पाठक, डा.मुक्तिराम श्रेष्ठ, बद्री सिग्देल सदस्य रहेका छन् ।

डा. अच्युत वाग्ले, सूर्यकान्त घिमिरे, प्रेमध्वज लामा, प्रा.डा. धनेश्वर नेपाल, डा. किरण रेग्मी, रविजंग पाण्डे, बद्री अर्याल, लालबहादुर पुन, देवीप्रकाश भट्टचन, डा. अशेष ढुंगाना, दीपकराज भट्ट, सरिन घिमिरे र विमल ढकाल समितिको सदस्य रहेका छन् । समितिको सदस्य सचिवमा डा.प्रदीप पराजुली चयन भएका छन् ।

यसैबीच, समितिका संयोजक डा.महतले कोभिड–१९ को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा स्वास्थ्य र अर्थ मन्त्रीसंग भएको छलफल, क्वारेन्टाइन अनुगमन गर्दाको अवस्था लगायत हालसम्म भएका विविध विषयमा बैठकलाई जानकारी गराएका छन् ।

समितिले आफ्नो कार्यदिशा तथा कार्ययोजनालाई सर्वसम्मत पारित गरेको छ ।

स्वास्थ्य, शिक्षा, पर्यटन, वैदेशिक रोजगार, अर्थ, उद्योग तथा वाणिज्य लगायतका विभिन्न क्षेत्रहरूमा कोरोनाले पारेको प्रभाव र प्रभाव न्यूनीकरण गर्न हालसम्म सरकारबाट गरिएका गतिविधिका बारेमा अध्ययन गर्न छुट्टाछुट्टै समूह गठन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2020 July 3, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया