शीतलनिवास पूर्वएमालेको अखडा बनेपछि कांग्रेस नेता खतिवडाले दिए राष्ट्रपतिलाई चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादले मुलुकको व्यवस्था नै खतरामा पर्ने हो कि भनेर चिन्ता जनाएका छन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले अनावश्यक रुपमा राजनीतिक सक्रियता देखाएको भन्दै आक्रोश पोखेका हुन् ।

संवैधानिक राष्ट्रपतिले नेकपाभित्रको विवादमा खुलेआम हस्तक्षेप गर्नेदेखि कम्युनिस्टको राजनीतिक गतिविधिहरू गरेपछि खतिवडाले आपत्ति जनाएका छन् ।

बिहीबार साँझ खतिवडाले ट्वीट गर्दै नेकपाको स्थायी समितिको बैठक शीतलनिवासमा राख्न सुझाव दिएका छन् ।

‘खुमलटार, बालुवाटार र शीतलनिवासका आज दिनभरिका गतिविधि हेर्दा शनिबारको नेकपा स्थायी समितको बैठक राष्ट्रपतिको संरक्षकत्वमा शीतलनिवासमा बस्दा ठीक हुने देखियो’, उनले भनेका छन्, ‘कि अब त्यस्तै गर्ने कि ? दुबै अध्यक्षलाई अनुरोध ।’

खतिवडाले भनेकाम छन्, ‘संसद अधिवेशन प्रधानमन्त्री सिफारिसमा राष्ट्रपतिले अन्त्य गर्नुभो रे, सभामुखलाई थाहा छैन रे’, उनले भने, ‘संसदीय ब्यावस्थालाई अहिले पनि उपहास गर्ने काम यो सरकारले गर्‍यो ।’

खतिवडाले ट्वीटमाम भनेका छन्, ‘एउटै पार्टीका सभामुख, प्रधानमन्त्री र राष्ट्रपति । धिक्कार जनताले यो नेकपालाई दिएको दुई तिहाई । संसद र संसदीय ब्यावस्थामाथी प्रहार ।’

यसअघि पनि राष्ट्रपति भण्डारीले नेकपाभित्र विवाद हुँदा खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूलाई बोलाएर सहमति गराइदएिकी थिइन् ।

करीव एक महिना अगाडि ओलीको कुर्सी फुत्किन लागेका बेला भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता गर्नेदेखि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग परामर्श गरेकी थिइन् ।

राजदूत यान्छीले नेकपाका नेताहरूलाई भेटेर ओलीको सरकार बचाइदनि दवाव दिएकी थिइन् ।

Published : Thursday, 2020 July 2, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया