कांग्रेस मुख्यालयका २५ कर्मचारीको मोहनबहादुर बस्नेतले गरिदिए कोरोना बीमा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर वस्नेतले पार्टी मुख्यालयका २५जना कर्मचारीहरूका बीमा गरिदिएका छन् ।

कांग्रेस नेता बस्नेतले कांग्रेस केन्द्रीय कार्यालयमा कार्यरत २५ जना कर्मचारीहरूको स्वास्थ्यलाई दृष्टिगत गर्दै कोरोना विशेष बीमा गरिदिएको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वमन्त्री बस्नेतले पार्टी मुख्यालयका २५ जना कर्मचारीहरूको बीमा गरिदिएपछि कांग्रेसको केन्द्रीय कार्यालय हार्दिक आभार व्यक्त गरेको छ ।

यसअघि कांग्रेस नेता बस्नेतले आफ्नो गृहजिल्ला सिन्धुपाल्चोकका स्वास्थ्यकर्मी, कांग्रेसका स्थानीय सक्रिय कार्यकर्ता तथा सुरक्षाकर्मीहरूको स्वास्थ्य बीमा गरिदिएका थिए ।

कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोक जिल्लामा सबैका निःशुल्क कोरोनाको पीसीआर परीक्षणका लागि मेसिननै खरिदको तयार गरेका छन् ।

Published : Wednesday, 2020 July 1, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया