प्रचण्डले बालुवाटारभित्र कांग्रेस छिराए

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवादमा पूर्वमाओवादीहरूले अवसरका रुपमा लिएका छन् ।

स्वार्थ पूरा गर्न ‘गोयबल शैली’मा प्रचारमा माहिर पूर्वमाओवादीहरूले नेकपाका अध्यक्ष समेत रहेका खड्गप्रसाद ओलीलाई कमजोर बनाउन सबै प्रचार प्रसारहरूका नीति परिचालन गरेका छन् ।

उनीहरूले ओलीका सानाभन्दा साना कुरालाई बाहिर ल्याइदिएका छन् । ओलीविरुद्धका क्रियाकलापहरू पूर्वमाओवादीहरूले गरिरहेका छन् ।

ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी र सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीसँग भेटेका विषयलाई पनि आफू अनुकूल हुने गरेर पूर्वमाओवादीहरू सूचना सम्प्रेषण गरेका छन् ।

पूर्वमाओवादीहरूले ओलीले नेकपा फुटाएर नेकपा (एमाले) पुनर्जीवित गरी नेपाली कांग्रेससँग मिलेर सरकार बनाउन लागेको भनेर तीब्र रुपमा प्रचार गराइरहेको रिपब्लिका दैनिकले तथ्य फेला पारेको छ ।

नेकपाको आन्तरिक विवादमा प्रचण्ड समूहले कांग्रेसले बालुवाटारको स्थायी समितिको बैठकमा जबरजस्त रुपमा छिराएका छन् ।

प्रचण्ड निकटका केही अनलाइन पोर्टलहरूमा ओलीलाई कमजोर पार्ने गरी समाचार आइरहेका छन् । प्रचण्डले स्वार्थ पूरा गर्न जे पनि गर्न सक्ने छवि बनाएका छन् ।

प्रचण्डले भनेकै आधारमा ओलीले राजीनामा दिने मुडमा छैनन् । आफू निकटका मन्त्री र पार्टीका नेताहरूसँग परामर्श गरेका ओलीले आवश्यक पर्‍यो भने मुलुकमा कोरोना महामारीको संकटकाल लागू गरेर अगाडि बढ्नेसम्मको तयारी गरेको स्रोतको भनाइ छ ।

मुलुकमा संकटकाल लागू भयो भने प्रचण्डसहितका ओलीका विरोधहरूलाई तनाब हुनेछ ।

ओलीलाई कमजोर ठान्ने भुल गरेका प्रचण्डलाई स्थायी समिति बैठक चलाउनै हम्मेहम्मे परेको छ । यस्तो अवस्थामा ओलीले आफू अल्पमतमा रहेपनि सहज रुपमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिने कुनै संकेत छैन ।

राजीनामा दिनै परे ओलीले आफ्नो उत्ताराधिकारी बनाएर मात्रै अगाडि बढ्नेछन् । ओलीले त्यो कदम उठाए भने प्रचण्ड र माधव नेपालहरूलाई झट्का लाग्नेछ ।

ओलीलाई हटाएर सरकार र पार्टी कब्जा गर्ने योजना बनाएका प्रचण्डलाई डा.बाबुराम भट्टराई, मोहन बैद्यहरूलाई खेलार राजनीति सिध्याइदिए जस्तो सजिलो छैन ।

Published : Wednesday, 2020 July 1, 11:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया