कांग्रेसकाे महाधिवेशन काेराेनाले राेक्न नसक्ने, कार्यतालिकामा हेरफेर

काठमाडौं । नेपाली कांग्रेसले तोकिएकै समयमा १४औँ महाधिवेशन गर्ने गरी कार्यतालिकामा परिमार्जन गरेको छ ।

सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्मा असार १५ गतेभित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय भएको जानकारी दिए ।

शर्माले साउन मसान्तमा सभापतिबाट प्रमाणित क्रियाशील सदस्यहरूको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने र पुस ७ गते देशभरिका ७ हजार वडाको अधिवेशन गर्ने निर्णय भएको बताए ।

कांग्रेसले ७ सय ५१ वटा स्थानीय तहमा पुस ८ गते प्रदेशसभाको पुस ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने निर्णय गरेको छ ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुस १६ गते, प्रदेशहरूमा माघ ६ गते अधिवेशन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको छ ।

पार्टीको महाधिवेशन भने पूर्वनिर्धारित मिति फागुन ७ बाट १० गतेसम्म हुने प्रवक्ता शर्माले बताएका छन् ।

Published : Tuesday, 2020 June 30, 10:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया