कांग्रेस नेता बस्नेतकाे कामले सिन्धुपाल्चाेकका ६ सय १३ स्वास्थ्यकर्मीहरू खुसी

निराेज चाैलागाइँ

चाैतारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वममन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लामा कार्यरत ६ सय १३ स्वास्थ्यकर्मीहरूको कोरोना बीमा गरिदिएका छन् ।

कांग्रेसका नेता बस्नेतले बुधबार आफ्नो व्यक्तिगत खर्चमा स्वास्थ्यकर्मीहरूको बीमा गरिदिएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जिल्लामा कार्यरत स्वास्थ्यकर्मी र व्यक्तिगत तथ्यांक संकलन गरि ६ सय १३ जनाको विवरण आइएमी जनरल बीमा कम्पनीलाई पठाइएका छ ।

बीमा भएसँगै कोरोना संक्रमित पुष्टि भएपछि एक लाख रुपियाँ बीमितले पाउने जनस्वास्थ्य कार्यालयले जानकारी दिएएको छ ।

कांग्रेस नेता बस्नेतले अग्रपंक्तिमा रहेर कार्यरत स्वास्थ्यकर्मीको हौसला बढाउनका लागि बीमाको योजना निकै उपयोगी हुने बताएका छन् ।

सरकारले जहिले पनि झारे टार्ने काम गरिरहेको उनले आरोप लगाए । ‘कोरोनाविरुद्धको युद्धमा मैदानमा खटिने स्वास्थ्यकर्मीलाई मनोबल उच्च बनाउनु सबैको दायित्व मात्र होइन, धर्म पनि हो’, पूर्वमन्त्री बस्नेतले भने ।

चिकित्सक डा.सदिना देवकोटाले कोरोना भाइरसको संक्रमणका बेला स्वास्थ्यकर्मीको मनोबल बढाउने काम निकै राम्रो भएको भन्दै खुसी प्रकट गरिन् ।

कोरोनाविरुद्धको अभियानमा रहेका स्वास्थ्यकर्मीका लागि कम्युनिस्ट सरकारले आवश्यक मेडिकल सामग्री उपलब्ध गराउन सकेको छैन ।

Published : Thursday, 2020 June 4, 8:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया