कोरोना भाइरसबाट पाल्पामा एकजनाको मृत्युः डा.देवकाेटा

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पाल्पा जिल्लामा एक जनाको मृत्यु भएको छ । योसँग नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दश पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका सिलवाका ४५ वर्षका पुरुषको मृत्यु भएको जानकारी दिए ।

ती व्यक्ति पाँच दिन अगाडि भारतबाट आएका थिए । क्वारिन्टनमा बस्दै आएका ती व्यक्तिलाई श्वासप्रश्वमा समस्या आएपछि पाल्पाको मिशन अस्पतालमा भर्ना गरिएको थियो ।

उनको जेठ २० गते मृत्यु भएको डा.देवकोटाले बताए । मृत्यु भएका व्यक्तिको श्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना भाइरसको पोजेटिभ आएको डा.देवकोटाले बताएका छन् ।

Published : Thursday, 2020 June 4, 5:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया