७० करोड काण्डबाट मन्त्री फुत्काएका बास्कोटासहित कम्युनिस्टका दुई सांसदविरुद्ध जाहेरी

काठमाडौं । ७० करोड कमिशन प्रकरणमा मन्त्री पद फुत्काएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोकुल बास्कोटाबाट ज्यानको जोखिम रहेको भन्दै विजयप्रकाश मिश्रले स्थानीय प्रशासनमा जाहेरी दिएका छन् ।

जाहेरी दिँदा पनि सरोकारवाला निकायले गम्भीरतापूर्वक नलिएको भन्दै मिश्र र उनको परिवार त्रसित बन्न पुगेको छ ।

सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाले ७० करोड कमिशन मागेको अडियो मिश्रले नै सार्वजनिक गरेका थिए । मिश्रको त्यो अडियोले बास्टोका मन्त्री पद त फुत्कियो नै राज्यको ७० करोड पनि बचेको थियो ।

अडियो टेप सार्वजनिक भएपछि मिश्रले पूर्वमन्त्री बास्कोटासँग ज्यान जोगाउँदै हिँड्नु परेको बताउने गरेका छन् ।

बाँस्कोटाको डरले उनी घरमा पनि बस्न नसकी लुक्दै भाग्दै हिँड्ने गरेको उनी निकटहरूले बताएका छन् ।

मन्त्री पद फुत्किएपछि आक्रोशित बनेका बाँस्कोटाले ज्यान लिने षड्यन्त्र रचेको भन्दै मिश्रले जेठ ५ गते जिल्ला प्रसासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । तर, उनको मागको सुनुवाई नभएको गुनासो गरेका छन् ।

लमजुङ जिल्ला स्थायी घर भएका मिश्रले पूर्वमन्त्री बाँस्कोटासहित सत्तारुढ नेकपाका सांसदद्वय सूर्य पाठक र प्रेम आलेविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शान्ति सुरक्षाको मागसहित निवेदन दिएका हुन् ।

उजुरी दिनु केही दिन अगाडि ४ जना युवाहरूको समूहले मिश्रको काठमाडौंको टोखामा रहेको घरको तस्बिर खिचेर लगेको निवेदनमा उल्लेख छ ।

टोखा नगरपालिकाको वडा नम्बर ११ बैकुण्ठपुरीमा पर्ने मिश्रको घरको तस्बिर लिनेहरूमध्ये २ जना भारतीय नागरिक जस्ता देखिएको निवेदनमा उल्लेख छ । घरको तस्बिर लिनेहरू पेशेवार अपराधि जस्तो देखिएको मिश्रको निवेदनमा उल्लेख छ ।

७० करोड अडियो प्रकरणबाट रुष्ट रहेका पूर्वमन्त्री बास्कोटाले नेकपाका सांसदद्वय पाठक र आलेसँग मिलेर आफूबिरुद्ध षडयन्त्र गरेको मिश्रद्वारा जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएको निवेदनमा उल्लेख छ ।

७० करोड कमिशन काण्डमा मन्त्री पद गुमाएका बास्कोटा झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीका विश्वासपात्र मानिन्छन् । मन्त्रीबाट फुत्किए पनि बास्कोटा भक्तपुर जिल्लाको बालकोटस्थित ओलीकै आलिशान निवासमा बस्दै आएका छन् ।

बस्कोटाको ७० करोडको अडियो टेप हाम्राकुरा डटकमले सार्वजनिक गरेको थियो ।

Published : Thursday, 2020 June 4, 2:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया