स्वास्थ्यकर्मीसहित काठमाडौंमा ६ जनामा कोरोना, २८८ पुग्यो संख्या

काठमाडौं । नेपालमा २८८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । यीमध्ये २७० जना पुरुष र १८ जना महिला रहेका छन् ।

धुलिखेल अस्तापमा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ आएको छ । उनीहरू सबै रौतहट जिल्लाको परोहा, गौर, यमुनामाइ र राजदेवी नगरपालिकाका रहेका छन् । ८ वर्षीया बालिकासहित १३ देखि ६० वर्ष उमेर समूहका पुरुष रहेका छन् ।

पोखरामा गरिएको दश जनाको पोजेटिभ आएको छ । तीमध्ये स्याङजा जिल्लाको चापाकोटका ५ जना पुरुष रहेका छन् । क्वारेन्टाइनमा बसेका उनीहरू दशदेखि ४० वर्ष उमेरका रहेका छन् ।

पर्वतको फलेवास महाशिला क्वारेनटाइनमा रहेका ५ जना १९ देखि ४० वर्ष उमेरका पुरुष रहेका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरामा गरिएको परीक्षणमा सप्तरीको रामगढका २० वर्षीय युवकमा पोजेटिभ आएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २० जनाको नमूना पोजेटिभ आएको छ । उनीहरू बर्दियाको गुलरियाका ३ जना २० देखि ३४ वर्षका पुरुष रहेका छन् । बाँकेको खजुरा, नरैनापुरका, राप्ती सोनारी गाउँपालिकाका १७ जना १७ देखि ४५ वर्षका पुरुष रहेका छन् ।

सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनाको पोजेटिभ आएको छ । वीरेन्द्रनगर, लेकबेसी, पञ्चकुले र भेरीगंगाका २७ जना ८ देखि ६० वर्षका रहेका छन् । तीमध्ये ४ वर्षीय बालक र ८ वर्षीया बालिका, ३ महिला र २४ जना पुरुष रहेका छन् ।

दैलेख जिल्लामा ९ जनामा पोजेटिभ आएको छ । उनीहरू १९ देखि २९ वर्षका रहेका छन् । उनीहरू नारायणपुर नगरपालिका, चामुण्डा, बिन्दासैनी र नौमुले गाउँपालिकाका रहेका छन् ।

सल्यानका बनगा कुभिण्डे, दार्मा गाउँपालिकाका १८ जना रहेका छन् । १७ देखि ५० वर्षका रहेका छन् ।

अछामको चौरपाटी र मंगलसेनका दश जना रहेका छन् । उनीहरू २७ र ३० वर्षीय दुई जना महिला २२ देखि ४० वर्षीय पुरुष रहेका छन् ।

हेटौँडाको किटजन्य अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा बाराको देवतालका १८ वर्षका पुरुषमा पोजेटिभ आएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला घोराहीमा गरिएको परीक्षणमा बंगलाचुली गाउँपालिका, राप्ती गाउँपालिका र घोराही उपमहानगरपालिकाका १७ जनामा पोजेटिभ आएको छ । ११ देखि ४५ वर्षका ३ जना महिला रहेका छन् । १८ देखि ५५ वर्षका १४ जना पुरुष रहेका छन् । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका ५९ वर्षीय पुरुष रहेका छन् ।

सेती अञ्चल अस्पतालमा गरिएको परीक्षणमा १८ जनाको पोजेटिभ आएको छ । कञ्चनपुरको कञ्चनपुर नगरपालिका, पुर्नवासका ८ जना रहेका छन् । क्वारेन्टाइनमा बसेका उनीहरू २८ देखि ५० वर्ष उमेर समूहका रहेका छन् ।

कैलालीको टीकापुर नगरपालिका, गौरीगञ्ज गाउँपालिका, राजीपुर कक्वारेन्टाइनमा रहेका व्यक्तिहरू १० जना रहेका छन् । १८ वर्षीया एक महिला र २० देखि ६३ वर्ष उमेरका ९ जना पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा १८ जनाको पोजेटिभ आएको छ । धनुषाको हंसपुर, धौगीगांगुलीका ६ जना १५ देखि ५० वर्षका पुरुष रहेका छन् ।
महोत्तरी रामगोपालपुरका २ जना २४ र ४५ वर्षका पुरुष रहेका छन् ।

रौतहटको दुर्गाभगवती, राजपुर, फर्दवा, गढीमाइ क्वारेन्टाइनमा रहेका ३६ जना १२ देखि ४० वर्षका पुरुष रहेका छन् ।

सर्लाहीको बलरा रामपुरी क्वारेन्टाइनका २१ जना १३ वर्षका बालकदेखि ४० वर्षसम्मका पुरुष रहेका छन् ।

सिरहाको श्रीसूर्यनारायण, सत्यनारायण मरवैता क्याम्पसको क्वारेन्टाइनमा रहेको १७ जना १६ देखि ४२ वर्षका पुरुष रहेका छन् ।

भक्तपुर चागुनारायण नगरपालिकाका ३० वर्षीया महिलामा पोजेटिभ आएको छ ।

धादिङ जिल्ला घर भएकी २३ वर्षीया महिलामा पोजेटिभ आएको छ । उनको परोपकार प्रसुति उपकार अस्पताल थापाथलीमा उपचार भइरहेको छ ।

कपिलवस्तुको चन्द्रौटाका १६ जना रहेका छन् । १९ देखि २८ वर्षका ३ जना महिला रहेका छन् । १७ देखि ४१ वर्षका पुरुष रहेका छन् ।

काठमाडौंका काठमाडौं मेडिकल कलेजका ४ जनामा पोजेटिभ आएको छ । २४ देखि ३२ वर्षका ३ जना महिला र २८ वर्षका एकजना पुरुष रहेका छन् । उनीहरू सबै स्वास्थ्यकर्मी रहेका छन् ।

नवलपरासी पूर्वका बुलिङटार गाउँपालिकाका १६ वर्षका पुरुष रहेका छन् । नवलपरासी पश्चिमको रामग्रामका २२ वर्षका पुरुषमा पोजेटिभ आएको छ ।
नुवाकोट जिल्लाको मेघानका १७ र ३२ वर्षका पुरुषमा पोजेटिभ आएको प्रवक्ता डा.देवकोटाले बताए ।

रुपन्देहीको सैनामैनाका १० जनामा पोजेटिभ आएको छ । १५ देखि ५१ वर्षका पुरुष रहेका छन् ।

हालसम्म देशभरि संक्रमितको कुल संख्या २ हजार ९९ सय रहेको छ । जसमध्ये १ हजार ९ सय ४९ जना पुरुष रहेका छन् । १ सय ५० जना महिला रहेका छन् ।

Published : Tuesday, 2020 June 2, 6:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया