लकडाउनमा जनता भोकै, मन्त्रीहरूलाई ८२ लाखकाे जिमखाना बनाउँदै कम्युनिस्ट सरकार

काठमाडौं । लकडाउनले जनता भोकै मर्न थालेका बेला झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले मन्त्रीनिवासमा झण्डै ८२ लाखको जिमखाना बनाउन लागेको छ ।

ललितपुर जिल्लाको पुल्चोकस्थित मन्त्रीनिवासमा सुविधा सम्पन्न जिमखाना बनाउन लागिएको हो । जिमखाना बनाउन स्वीकृति समेत दिइसकिएको छ ।

मन्त्री, मन्त्रीका पत्नी, छोराछोरीहरूका लागि जिमखाना प्रयोग हुनेछ ।

पुल्चोकस्थित मन्त्रीनिवासमै जिमखाना बनाउन विभागले शनिबार न्यु केपी कन्स्ट्रक्सन नामक कम्पनीलाई ठेक्का दिएको छ ।

कम्पनीले ८२ लाख ८७ हजार ३२ रुपैयाँ ६ पैसामा यो काम सम्पन्न गर्नेछ ।

यसअघि कम्युनिस्ट सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा एक करोडको गलैचा फेर्न लागेको छ ।

Published : Tuesday, 2020 June 2, 6:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया