बाँकेको जंगलमा बस दुर्घटना, ११ जनाको मृत्यु

नेपालगञ्ज । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँके जिल्लाको ठुरियाको जंगलमा यात्रु बोकेको बस दुर्घटना भएको छ ।

आइत्बार मध्यराति राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २२ जना घाइते भएका छन् । नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी भनाइ छ ।

घाइतेहरूको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । मृतक ११ जनाको शव भेरी अस्पतालमा ल्याइएको छ ।

मृत्यु भएकाहरूको सनाखत भइसकेको छैन । शवहरूलाई भेरी अस्पतालमा राखिएको छ ।

Published : Monday, 2020 June 1, 6:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया