देउवाद्वारा मीनेन्द्र, विश्वप्रकाश र गगनको प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तीन जना युवा नेताहरूको प्रशंसा गरेका छन् ।

ललितपुरको सानेपामा शनिबार बसेको केन्द्रीय समितिको बैठकमा सहभागी हुन हलमा प्रवेश गर्नुभन्दा अगाडि तीन जना युवा नेताहरूसँग भलाकुसारी गरेका हुन् ।

सभापति देउवाले युवा नेताहरू डा.मीनेन्द्र रिजाल, प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गगन थापासँग छोटो कुराकानी गरेका हुन् । त्यस क्रममा देउवाले राष्ट्रियताका साथै कम्युनिस्ट सरकारको गलत कुराको विषयमा आवाज उठाएकोमा धन्यावाद दिएका उच्च स्रोतले जनाएको छ ।

डा.रिजाल, शर्मा र थापाले भारतद्वारा अतिक्रमित नेपाली भूमिका विषयमा भारतको विरोध गर्दै जबरजस्त धारणा राख्दै आएका छन् ।

ती जना युवा नेताहरूसँग सामान्य भलाकुसारी गरेपछि देउवा बैठक कक्षमा प्रवेश गरेका थिए ।

उपसभापति विमलेन्द्र निधिले भारतले नेपाली भूमि लिपिलेक, कालापानी र लिम्पियाधुरा अतिक्रमण गरेर सडक बनाएको विषयमा विवादास्पद अभिव्यक्ति दिएका बेला सभापति देउवाले युवा नेताहरूको प्रशंसा गरेका छन् ।

निधिले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नयाँ नक्सा जारी गरेकोमा उपसभापति निधिले राष्ट्रवादका नाममा नाटक मञ्चन भनेर आलोचना गरेका थिए ।

सभापति देउवाले युवा नेताहरू डा.रिजाल, शर्मा र थापासँग कुरा गर्दै गरेको देखेपछि उपसभापति निधि चासो राखेर कानथाप्दै कुरा सुन्न आइपुगको स्रोतले जनाएको छ ।

Published : Sunday, 2020 May 31, 12:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया