कांग्रेसले साथ दिएपछि सरकारद्वारा संविधान संशोधन प्रस्ताव संसदमा पेश

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएपछि कम्युनिस्ट सरकारले प्रतिनिधि सभामा संविधान संशोधनको दोस्रो संशोधन विधेयक पेश गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्वाहाङफेले आइतबार बसेको संसद बैठकमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ पेश गरेकी छिन् ।

कानून मन्त्री डा.तुम्वाहाङले संविधान संशोधनको प्रस्ताव पेश गर्नका लागि अनुमति माग गरेकी थिइन् ।

भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी भएपछि निशान छाप कार्यान्वयनका लागि संविधान संशोधनको प्रस्ताव संसदमा सरकारले दर्ता गराएको थियो ।

कांग्रेसले संविधान संशोधनमा सरकारलाई सहयोग गर्ने निर्णय गरेसँगै आइतबार सो प्रस्ताव सदनमा पेश भएको छ ।

Published : Sunday, 2020 May 31, 11:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया