बुधबार ११४ जनामा कोरोना, काठमाडौं उपत्यका शून्य

काठमाडौं । नेपालमा बुधबार १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले देशभरिका प्रयोगशालाहरूमा गरिएको परीक्षणमा ११४ जनामा कोरोन भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

योसँग कुल संक्रमितको संख्या ८८६ पुगेको छ । पुरुष ७९६ र महिला ९० जना रहेका छन् । संक्रमित हुने जिल्लाको संख्या ४७ पुगेको छ । बुधबार काठमाडौं उपत्यकामा संक्रमित भेटिएका छैनन् ।

बुधबारसम्म १८३ जना निको भएर डिस्चार्ज भएको प्रवक्ता डा.देवकोटाले बताए । उनका अनुसार निको हुनेमा पुरुष १४२ र महिला ४१ जना रहेका छन् ।

वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनाको पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका मध्ये ८ जना सप्तरी जिल्लाको बोडेबसाइ नगरपालिका १८ देखि ५६ वर्षका । ती सबै पुरुष रहेका छन् ।

सप्तरी जिल्लाको बालनबिहुल गाउँपालिकाका दुई जना १७ वर्षीया महिला र २९ वर्षीय पुरुष संक्रमित रहेका छन् । सप्तरीको सुरुङगा नगरपालिका २९ वर्षीय पुरुषमा पोजेटिभ देखिएको छ ।

कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा १७ जनामा पोजेटिभ देखिएको छ । झापा जिल्लाको गौरादह नगरपालिकाका दुई जना २६ र ४१ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ । झापाको कचनकवल नगरपालिकाका १५ जनामा कोरोना देखिएको छ । उनीहरू १९ देखि ५७ वर्ष उमेरका रहेका छन् । ती सबै पुरुष हुन् ।

हेटौँडाको किटजन्य प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ रिपोर्ट आएको छ । मकवानपुरको हेटौँडाका १ जना २५ वर्षीया महिला पोजेटिभ देखिएको छ ।

रौतहट जिल्लाको गढीमाइ नगरपालिकाका ७ जनामा कोरोना देखिएको छ । १७ देखि २९ वर्षका रहेका ती सबै पुरुष हुन् ।

पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाका ४ जना रहेका छन् । दुई जना २१ वर्ष र दुई जना २७ वर्षका रहेको प्रवक्ता डा.देवकोटाले बताए । चारै जना पुरुष हुन् । बागलुङकै बडीगाढ गाउँपालिकाका दुई जना १९ र २० वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

दाङ जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा १८ जनाको पोजेटिभ रिपोर्ट आएको छ । तीमध्य रुकुम पूर्व जिल्लाको उत्तरगंगा गाउँपालिकाका ३ जना रहेका छन् । एक जना १५ वर्षीया महिला तथा १८ र २३ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

घोराही उपमहानगरपालिकाका ७ जना रहेका छन् । २४ देखि ४२ वर्ष उमेरका रहेका छन् । लमही नगरपालिकाका ८ जनामा कोरोना देखिएको छ । उनीहरू १७ देखि ३० वर्षका रहेका छन् । यीमध्ये सात जना पुरुष र एक जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १६ जनाको पोजेटिभ रिपोर्ट आएको छ । बाँके जिल्लाको डुडुवा गाउँपालिकाका दुई जना २१ र ३० वर्षीय पुरुषमा कोरोना देखिएको छ । बाँकेकै राप्ती सोनारी गाउँपालिकाका ७ जनामा पोजेटिभ देखिएको छ । उनीहरू १९ देखि ४० वर्षका रहेका छन् । सबै पुरुष हुन् ।

बाँकेको बैजनाथ गाउँपालिकाका ६ जनामा पोजेटिम देखिएको छ । उनीहरू २४ देखि ४६ वर्षसम्मका पुरुष रहेका छन् । बाँकेको खजुरा गाउँपालिकाका १ जना २९ वर्षीय पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको प्रवक्ता डा.देवकोटाले बताएका छन् । सिरहा जिल्लाको सिद्धिचरण नगरपालिकाका ३९ वर्षीय पुरुषमा कोरोना देखिएको छ । सिरहा स्थायी घर भइ हाल सप्तरीको रुपनीका ३५ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

बारा जिल्लाको प्रचौता नगरपालिकाका ७ जनामा कोरोना देखिएको छ । तीमध्ये एक जना ५२ वर्षीया महिला रहेकी छिन् । बाँकी सबै २२ देखि ४० वर्षीय उमेरका पुरुष रहेका छन् ।

रौतहट घर भई हाल बारामा रहेका प्रचौता नगरपालिकामा रहेका ४१ वर्षीय पुरुष पनि कोरोना पुष्टि भएको छ ।

रौतहट जिल्लाको गौर नगरपालिकाका ८ जनामा कोरोना भाइरसको संक्रमणको पोजेटिभ रिपोर्ट देखिएको छ । उनीहरूमध्ये एक जना ३५ वर्षीया महिला रहेकी छिन् । अरु सबै १८ देखि ३० वर्षका पुरुष रहेका छन् ।

रौतहटको देवाही गुनही नगरपालिकाका दुई जना २१ र ३५ वर्षीय पुरुष रहेका छन् । रौतहटकै कटहरिया नगरपालिकाका २७ र ३६ वर्षीया दुई पुरुषमा पोजेटिभ देखिएको छ ।

रौतहटको श्री जनता सेकेण्डरी स्कुलमा गरिएको परीक्षणमा १४ जनामा पोजेटिभ देखिएको छ । उनीहरू १७ देखि ५० वर्षका रहेका छन् । रौतहटको मदरसाका दुई जना १३ वर्षीय किशोर र ३५ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ ।

बुधबार पोजेटिभ पाइएका सबै व्यक्तिहरू क्वारेन्टाइनमा रहेको स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा.देवकोटाले बताएका छन् ।

Published : Wednesday, 2020 May 27, 6:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया