वीरगञ्जमा ४३ जना कोरोना संक्रमणबाट निको, खुसी हुँदै घर गए

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत थप ४१ जना पुरुष र दुईजना महिलाले कोरोनाविरुद्धको लडाइँ जितेका छन् ।

अस्पतालको आइसोलेसन वार्डमा उपचाररत थप ४४ जनाको पनि पछिल्लो रिपोट नेगेटिभ आएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायका अनुसार सबै संक्रमितहरूको पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।

नारायणी अस्पतालस्थित पीसीआर ल्याबको रिपोर्ट अनुसार दोस्रो पटक पनि रिपोट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गर्ने प्रक्रिया अघि बढेपछि सोमबार डिस्चार्ज गरिएको छ ।

निको हुने संक्रमितहरूमध्ये २ जना पत्रकार पनि छन् । सर्लाही, बारा तथा पर्साको वीरगञ्ज, धोबिनी, छिपहरमाईका र एक जना भारतीयसहित ४३ जना आज डिस्चार्ज भएका छन् ।

अस्पतालबाट ४३ जना सबै डिस्चार्ज हुने भएपछि अब गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा २७ जनामात्र संक्रमित मात्र रहनेछन् ।

Published : Monday, 2020 May 25, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया