छ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका छन् ।

मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले अछामको मेललेख गाउँपालिका पुरुष, बर्दियाका ३ र कलैयामा दुई जनालाई कोरोना भाइरसको संक्रमण देखिएको बताए ।

योसँग नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ । कोरोनाबाट चार जनाको मृत्यु भएको छ ।

डा.देवकोटाले सोमबार देशभरि ४६ हजार २९ जना क्वारेन्टाइनमा रहेको जनाएका छन् । उनले उपचारपछि ११२ जना निको भएर डिस्चार्ज भएको बताए ।

Published : Monday, 2020 May 25, 5:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया