प्याकेजमा संविधान संशोधन गर्न राजपाको माग

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संविधान संशोधन प्याकेजमा गर्न आग्रह गर्दै दवावका लागि सम्वाद अगाडि बढाउने निर्णय गरेको छ ।

काठमाडौंमा आइतबार बसेको राजपाको संसदीय दलको बैठकले संविधान संशोधन गर्ने बेला राजपाले यसअघि संसदमा दर्ता गराएको संशोधन प्रस्तावलाई पनि अगाडि बडाउन माग गरेको हो ।

राजपाका महासचिव केवश झाले तत्कालीन एमालेबाहेक सबै दलहरूले सहमति जनाइसकेको भन्दै आफूहरूको मागलाई यसै पटक सम्बोधन गर्नुपर्ने बताए ।

भारतद्वारा अतिक्रमित लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नयाँ नक्सामा समेटेर सरकारले जारी गरेको छ । सो नक्सा कार्यान्वयनका लागि सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ ।

संविधान संशोधन प्याकेजमा सहमति खोज्न राजपाले कांग्रेस, नेकपा र सरकारसँग सम्वाद गर्ने निर्णय पनि गरेको छ ।

राजपाले सीमा विवाद समाधान गर्नका लागि भारतसँग कुटनैतिक सम्वाद गर्न सरकारसँग आग्रह गरेको छ । राजपाले विवादलाई बढाएर जानेभन्दा पनि कुटनैतिक माध्यमद्वारा अतिक्रमित भूमि फिर्ता लिनका लागि पहल गर्नुपर्ने निर्णय गरेको हो ।

Published : Sunday, 2020 May 24, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया