काठमाडौंका पुरुषमा कोरोना, शनिबार बिहान ३२ जनामा संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा शनिबार बिहान ८ बजेर ४० मिनटमा जारी विज्ञप्तिअनुसार काठमाडाैं, कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही र चितवनका ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ५४८ पुगेको छ ।

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा १७ देखि ४२ वर्ष उमेरका पुरुष र २७ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण भएको छ । वणगंगा नगरपालिकामा ८ जनामा कोरोना पुष्टि भएको छ ।

सर्लाही जिल्लाको कविलासी नगरपालिकामा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १८ देखि ३५ वर्षका पुरुष छन् ।

बारा जिल्लामा एक जनामा कोरोना पुष्टि भएको छ । करैयामाइ गाउँपालिकाका ३७ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।

काठमाडौंका ३५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

रुपन्देही जिल्लामा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गैडहवा र रोहिणी गाउँपालिकका २० देखि ५५ वर्षसम्मका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चितवनमा ५२ वर्षीय पुरुषमा शनिबार बिहान कोरोना भाइरसको संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Saturday, 2020 May 23, 8:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया