सरकारद्वारा कांग्रेस सभापति देउवालाई नयाँ नक्सा हस्तान्तरण

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालले नेपालको नयाँ नक्सा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गराएकी छिन् ।

शुक्रबार काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा पुगेर मन्त्री अर्यालले नेपालको नयाँ नक्सा हस्तान्तरण गरेकी हुन् । सो क्रममा सभापति देउवाले अतिक्रमित नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेकोमा सरकारलाई धन्यावाद दिएका छन् ।

नेपालको नयाँ नक्सामा भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको छ ।

कांग्रेसले पनि सरकारलाई नयाँ नक्सा जारी गर्दा भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गर्न सुझाव दिएको थियो ।

भारतले ७० वर्षदेखि नेपाली भूमि अतिक्रमण गरेर आफ्नो सैनिक राखेको छ । नेपाली भूमिमा भारतले चीन जोड्ने सडक समेत बनाएको छ ।

Published : Friday, 2020 May 22, 9:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया