नेपालगञ्जका २१ जना कोरोना संक्रमितहरू निको भए, खुसी हुँदै घर फर्किए

नेपालगञ्ज । बाँके जिल्लाका २१ जना कोरोना संक्रमितहरू भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचारपछि निको भएपछि उनीहरूलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

कोरोना संक्रमणबाट निको हुनेहरूमा सबै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ६० वर्षका धर्मगुरु सहित रहेका छन् ।

आइसोलेसनमा उपचार गराइरहेका २८ जनामध्ये २१ जनामा पछिल्लो २४ घण्टाभित्र दुईपटक गरिएको पीसीआर टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिएका छन् ।

अस्पतालमा रहेका बाँकी ७ जनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ । अस्पतालमा बाँके र बर्दियाका २८ जनाले उपचार गराइरहेका छन् ।

कोरोना पोजेटिभ देखिंदैमा आत्तिनुनपर्ने र मनोबल उच्च बनाएमा कोरोनालाई जित्न सकिने डा. थापाले बताए ।

रुपन्देहीका पहिलो कोरोना संक्रमित कोटहीमाइ गाउँपालिकाका २५ वर्षका युवक पनि निको भएर घर फर्किसकेका छन् ।

Published : Friday, 2020 May 22, 3:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया