शुक्रबार बिहान ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट शुक्रबार बिहान थप ३० जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा ४ सय ८७ जनामा कोरोना भाइरसका संक्रमित भएका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार नवलपुर जिल्लको विनय त्रिवेणी गाउँपालिका निवासी ४५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलामा कोरोना लागेको छ ।

नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वडा नम्बर ५, रामग्रम नगरपालिकाको वडा नम्बर ३, १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया किशोरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष र ८ वर्षीया बालिकामा कोरोना पुष्टि भएको छ ।

सर्लाही जिल्लाको गोडैता नगरपालिका वडा नम्बर ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका वडा नम्बर ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ र १८ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण भएको छ । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Published : Friday, 2020 May 22, 9:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया