यी हुन् छोरीको बिहेमा करोडौं उडाउने धनी व्यक्ति, सयौँ मजदुरको पेटमा लात हाने

काठमाडौं । ई–सेवाविरुद्ध हर्कतको आरोप खेप्दै आएको आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले बेतली विदा अर्थात जागिरबाट कर्मचारीहरू हटाएका छन् ।

कोरोना भाइरस र लाकडाउनले संकटमा परेका कर्मचारीहरूलाई अध्यक्ष ढकालले निस्कासन गरेका हुन् ।

अध्यक्ष ढकाल कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको निकट मानिन्छन् । ढकालले चन्द्रगिरिमा अबैध रुपमा सार्वजनिक जंगल कब्जा गरेर रिसोर्टसहितका कंक्रिटका भौतिक संरचना बनाएका छन् ।

कोरोना भाइरस महामारीले विश्वभरि नै मानिसमाथि ठूलो संकट पैदा गरेको छ । यस्तो संकटको असर सबैभन्दा बढी कम आय भएका मजदुरहरूमा परेको छ ।

नेपालको ‘कथित’ प्रतिष्ठित व्यापारिक घराना दाबी गर्ने आईएमई ग्रुपका अध्यक्ष ढकालले कर्मचारीलाई जागिरबाट निकाल्ने काम गरेका छन् । उनको यो हर्कतको बिरोध भएको छ ।

ढकालको स्वामित्वको आईएमई मोटर्स प्रालिले ०७७ जेठ १ गतेबाट सबै कर्मचारीलाई बिदा दिएको छ ।

आईएमई मोटर्समा करीब ५ सय कर्मचारी कार्यरत छन् । आईएमई मोटर्सले कर्मचारीहरूलाई अर्को सूचना नआउँदासम्मको लागि बेतलबी बिदा दिने निर्णय गरेको छ ।

वैशाख ३१ गते सूचना प्रकाशित गरी मोटर्स कम्पनीमा कार्यरत कर्मचारीलाई बेतलवी बिदा दिइएको छ । आईएमई मोटर्स अशोक लेल्यान्डको आधिकारिक बिक्रेता कम्पनी हो ।

व्यापार व्यवसाय प्रभावित भएको भन्दै ग्रुपले कर्मचारी पाल्न नसक्ने जनाएको छ ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका आईएमई ग्रुपका अध्यक्ष ढकालले कोरोनाको यो संकटमा कर्मचारीलाई निकालेर उनको वास्तविक अनुहार उदांगो पारेका छन् ।

रेमिटेन्स, बैंक, ऊर्जा जस्ता धेरै क्षेत्रमा मुनाफा कमाएका ढकालले अटोमोवाइल ब्यापार अब केही वर्ष नचल्ने देखेपछि कर्मचारीलाई जागिरबाटै निकाल्ने काम गरेका छन् ।

ढकालले बेतलवी बिदा अर्थात जागिरबाटै निकालेपछि आईएमई मोटर्समा कार्यरत कर्मचारी र उनीहरूका परिवार बिचल्लीमा परेका छन् ।

ढकाल रेमिटेन्स, बैंक तथा वित्तीय संस्था, उर्जा, अटोमोबाइल, सूचना–प्रविधि, केबलकार, हस्पिट्यालीटी, पर्यटन, ट्राभल, इन्फोटेन्ट्मेन्ट, विद्युतीय भुक्तानी लगायतका विभिन्न

क्षेत्रहरुमा लगानी विस्तार गर्दै आएको व्यवसायिक घराना ‘आइएमई ग्रुप’का अध्यक्ष हुन् । उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी ढकालको छ ।

लकडाउन घोषणा भएको २ महिनामै कम्पनीबाट कर्मचारी निकाल्ने अध्यक्ष ढकालले ३ महिना अगाडि छोरीको विवाहको पार्टी ३ वटा फाइभस्टार होटलमा दिएका थिए । ढकालले छाेरी विवाहमा गरेकाे खर्चलाई अड्कलबाजी भएकाे थियाे । उनकाे त्याे खर्चका बारेमा प्रश्न उठे पनि कारबाही भएन । विवाहमा सरकारले ताेकेकाे परिधिभित्र रहेर खर्च गर्नुपर्छ । त्याे निर्देशिका ढकालले उल्लंघन गरेका थिए ।

ढकालले २ करोडभन्दा बढीको गाडी दाइजोमा दिएपछि चर्चामा आएका थिए । ढकालले छोरीको विवाहमा करीव २२ करोड खर्च गरेको चर्चा छ ।

आफ्नो कम्पनीमा आश्रित कर्मचारीलाई भने जागिरबाटै निकाल्नुले ढकालको मानवताविरोधी छवि उदांगिएको छ ।

Published : Thursday, 2020 May 21, 12:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया