ओलीलाई गगनको प्रश्न ‘लकडाउन मात्रै गरेर हुन्छ सरकार ? अरु केही गर्नुपर्दैन ? ’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले निरन्तर लागू गरेको लकडाउन जनताले साथ दिएको भन्दै अब सरकारले गर्ने काम कुरिरहेको बताएका छन् ।

थापाले लकडाउनबारे जनता सचेत रहेको बताए । उनले सरकारलाई पूर्ण सहयोग गरेको थापाको भनाई छ ।

सरकारले दोस्रोपटक लकडाउनको म्याद थपेपछि ट्वीटरमार्फत कांग्रेसका केन्द्रीय सदस्य थापाले यो अवधिमा सरकारले चाहिँ के गर्नुपर्छ ? के गर्ने हो ? भनेर प्रश्न गरेका छन् ।

उनले लकडाउनको अवधि थपिएको भन्दै सरकारलाई ढिला नगरेर कोरोना रोकथामका लागि आवश्यक पर्ने सबै कार्य गर्न सुझाव दिए ।

‘कोरोना संक्रमणको जोखिमबाट बच्न र यसको चेन तोड्न यो निरन्तरता अनिवार्य छ’, उनले भने, ‘लकडाउनमा जनताले के गर्नुपर्छ, के गर्नु हुँदैन ? थाहा भैसक्यो, निरन्तर पालना गर्नेछौं ।’

लकडाउनको यो अवधिमा सरकारले चाहिँ के गर्नु पर्छ ? के गर्नेभन्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई मेन्सन गर्दै युवा नेता थापाले ओलीको सम्बोधनमा उत्तर सुन्न चाहेको उल्लेख गरेका छन् ।

Published : Tuesday, 2020 April 7, 12:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया