कांग्रेसद्वारा कोरोना स्व–परीक्षणको एप सञ्चालन

काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमणबारे जानकारी दिने ‘वेब एप’ बनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले एप सञ्चालनमा ल्याएको हो ।

कांग्रेसले ‘कोभिड–१९ स्व–परीक्षण एप’ सोमबारदेखि सञ्चालनमा ल्याएको प्रवक्ता शर्माले जनाएका छन् ।

कांग्रेसको ‘एप’मा कोरोनाबारे अत्यावश्यक जानकारीका साथै विश्व र नेपालको ताजा अपडेट पनि राखिएको छ ।

‘विशेषज्ञ चिकित्सकहरूको परामर्शमा कांग्रेसको सूचना, संचार तथा प्रचार विभागले आज वेब एप सार्वजनिक गरेको छ’, शर्माले भनेका छन् ।

‘यसको परिमार्जित भर्सन हामी जीपीएसमार्फत् लिंक गर्ने पहल गर्दैछौं’, उनले भने, ‘ज्वरोका बिरामीलाई प्रत्यक्ष रूपमा ट्रेस गर्ने प्रणालीको विकास गर्ने तयारी छ ।’

कोरोना भाइरसको संक्रमित व्यक्तिको घर पहिचान गरेर उसलाई अस्पतालसम्म पु¥याउन सरकार वा स्वयमसेवीहरूलाई त्यसले सहयोग पु¥याउने प्रवक्ता शमाले बताए ।

Published : Monday, 2020 April 6, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया