चापकोटमा कांग्रेसका मेयरले राहत बाँडेपछि मन्त्रीका कार्यकर्तालाई रिस उठ्यो

चापाकोट । स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकाले लकडाउनका कारण समस्यामा अति विपन्न परिवार र मजदुरहरूलाई खाद्य सामग्री वितण गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन भएका बेला चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरीले एकद्वार प्रणालीमार्फत सहायता वितरण गरेका छन् । गिरीले सहायता विरतण गरेको कुरा नेकपालाई फिटिक्कै मन परेको छैन । मेयर गिरीलाई जसरी पनि असहयोग गर्ने नीतिमा नेकपा रहेको कांग्रेसको आरोप छ ।

नेपाली कांग्रेसका नेता समेत रहेका मेयर गिरीले एकहप्ताका लागि सानो परिवारलाई १० किलो चामल, एक किलो नुन र एक पोका खाने तेल उपलब्ध गराएका छन् ।

अलिक ठूलो परिवारलाई मेयर गिरीले २० किलो चामल, दुई पोका खाने तेल तिवरण गर्दै आएका छन् ।

मेयर गिरीले मजदुर र अति विपन्न परिवारलाई खाद्य सामग्री वितण गरेको विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई चित्त बुझेको छैन । नेकपाका स्थानीय नेताहरूले खाद्य सामग्री वितरणमा बखेडा झिकेका छन् ।

मेयर गिरीले सहायता वितरण कार्यलाई भेदभाव रहित बनाउन प्रयास गरिरहेको बताएका छन् । ‘लकडाउनका बेला समस्यामा परेका चापाकोट नगरपालिकाका जनतालाई खाद्य सामग्री वितरण गरिएको छ’, उनले भने, ‘सहायता वितरणमा कसैलाई पनि भेदभाव गरिएको छैन । हुनेपनि छैन । म आफैले सहायता वितरणमा निगरानी गरिरहेको छु ।’

लकडाउनको सुरुवाती चरणदेखि नै मेयर गिरी राहतका प्याकेज लिएर सर्वसाधारणको घरदैलोमा पुगेका छन् । नगर प्रमुख गिरीले सबै जनप्रतिनिधिहरूलाई लकडाउनबाट समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्न निर्देशन दिँदै आएका छन् ।

चापाकोट नगरपालिकाको वडा नम्बर ६ मोहमीमा राहत सामग्री वितरणका क्रममा नेकपाका स्थानीय नेताहरू लफडा गर्न खोजेका छन् । राहत वितरणमा अबरोध पु¥याउन नेकपाका कार्यकर्ताले हो–हल्ला गरेको आरोप छ । सोही क्रममा नेकपाको उक्साहटमा सुमन बिकले लफडा निकालेका थिए ।

नेकपाका उक्साहटमा केही व्यक्तिले लफडा गर्न खोजेपछि मेयर गिरीले हात जोडेर संकटको बेल मिलेर जानुपर्ने भन्दै विवाद नगर्न आग्रह गरेका थिए ।

‘बरु म भोकै बस्छु तपाईहरू कोही भोकै बस्नु पर्दैन’, मेयर गिरीले नेकपाको उक्साहटमा होहल्ला गर्नेहरूलाई सम्झाउँदै भने, ‘त्यसको ज्ञारेन्टी म लिन्छु । मेरो अनुरोध छ, यो हो–हल्ला बन्द गर्नुस् ।’

मेयर गिरीले भने, ‘पटक–पटक अनुरोध गर्दा पनि केही सीप नलागेपछि हामीले बुझ्यौँ कि उनीहरू राहत वितरणमा असन्तुष्टि भन्दा पनि नियतमा खोट राखेर आउनुभएको थियो ।’ नेकपाबाट परिचालिन ती युवाहरूले सहायता वितरणमा अबरोध गरेको स्थानीय जनप्रतिनिधिहरूले आरोप लगाएका छन् ।

चापाकोटमा नेपाली कांग्रेसले जितेको छ । स्याङजा जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित पद्माकुमारी अर्याल भूमिसुधार तथा सहकारी मन्त्री छिन् । चापाकोट नगरपालिकामा नेकपा कमजोर भएपछि कांग्रेसको बद्नाम गर्न सक्रिय भएको आरोप कांग्रेसको छ ।

चापाकोटका कांग्रेसका स्थानीय नेताहरूले कोरोना भाइरसको संक्रमण रोकथामका लागि चीनबाट खरिद भएको सामग्रीमा घोटाला गरेको तथ्य बाहिर आएपछि नाङ्गिएको नेकपाको सरकारले जिल्ला, गाउँ र नगरमा पनि समस्या खडा गरेर बखेडा निकाल्न खोजेको आरोप लगाएका छन् ।

चापकोट नगरपालिकाका मेयर गिरीले जनताका लागि आफूले राम्रो काम गरेको भन्दै नेकपाबाट हुने कुनै पनि हर्कतको सामना गर्ने चेतावनी दिएका छन् । उनले लकडाउनका बेला मिलेर जनतालाई राहत दिने बेला नेकपाले राजनीति गरेर भाँड्न खोजेको भन्दै आक्रोश प्रकट गरेका छन् ।

सीमित स्रोत साधनका बीच कोरोना भाइरसको संक्रमणको जोखिमसँग लड्नुपर्ने समयमा नेकपाले नानाथरी हर्कत गरेको भन्दै कम्युनिस्टहरूको गलत कार्यको पछाडि नलाग्न अपील गरेका छन् ।

चापाकोट नगरप्रतिको जनआस्थालाई ध्वस्त पार्न नेकपाले निकै ठूलो प्रोपगाण्डा रचेको मेयर गिरीले बताएका छन् ।

उनले जुन सुकै परिस्थितिमा पनि आफू कत्ति पनि बिचलित नभइ जनताको काम गर्न बताएका छन् । उनले नेकपाको षड्यन्त्रलाई चापाकोटमा परास्त हुने चेतावनी दिएका छन् ।

‘कोरोना भाइरसको संक्रमण नियन्त्रणको नाममा नेकपाको सरकार भ्रष्टाचारको पोखरीमा डुबुल्की हानिसकेको छ’, मेयर गिरीले भने, ‘नेकपालाई जनताले राम्रोसँग चिनेका छन् । कोरोनाका नाममा ठूलो अनियमितता भएको बेला हामी आफै सचेत हुनुपर्छ ।’

Published : Monday, 2020 April 6, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया