नवलपरासीमा कांग्रेसद्वारा १ सय ७५ क्विन्टल चामल हस्तान्तरण, बोरा बोकेर पुगे नेताहरू

परासी । नेपाली कांग्रेस नवलपरासीले सात वटा स्थानीय तहलाई २५–२५ क्वीन्टलका दरले निःशुल्क चालम प्रदान गरेको छ ।

आइतबार कांग्रेस जिल्ला कार्यसमिति र नेपाल तरुण दल नवलपरासीले सात वटै स्थानीय तहमा पुगेर २५ क्वीटलका दर चामल उपलब्ध गराएको कांग्रेसका नेता एवम् पूर्वसांसद बिक्रम खनालले जानकारी दिए ।

कांग्रेसले नगरपालिका र गाउँपालिकालाई उपलब्ध गराएको चामल स्थानीय तहले लकडाउनका कारण समस्यामा परेका मजदुर र अति विपन्न परिवारहरूलाई तिवरण गर्ने तरुण दलका अध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिए ।

नवलपरासी कांग्रेसका कार्यवहाक सभापति अर्जुनकुमार पोखरेल र तरुण अध्यक्ष गुरुङको नेतृत्वमा चामल वितरण गरिएको हो ।

चालम वितरण कार्यक्रममा कांग्रेसका नेता देवकरण जयसवालपनि रहेका थिए ।

कांग्रेसले बर्दघाट नगरपालिका, सुनवल नगरपालिका, रामग्राम नगरपालिका, सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिका, सरावल गाउँपालिका र पालिनन्द गाउँपालिकालाई चामल दिएको हो ।

कांग्रेसले १ सय ७५ क्विन्टल चामल वितरण गरेको छ । कांग्रेसले एक क्वीन्टल चामललाई प्रतिक्विन्टल ५ हजारका दरले खरिद गरेको छ । चामलको कूल मूल्य ८ लाख ७५ हजार रहेको जनाइएको छ । उपलब्ध गराइएको चामल सावा मनसुली हो ।

कांग्रेसका शुभेच्छुक, स्थानीय नेता र कार्यकर्ताहरूले चामल खरिदमा सहयोग गरेको पूर्वसांसद खनालले बताए ।

एकद्वार प्रणालीमार्फत मजदुर र अति निम्न परिवारलाई चामल तिवरणका लागि नगरपालिका र गाउँपालिकालाई चामल उपलब्ध गराइएको तरुण अध्यक्ष गुरुङले बताए ।

रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले राजनीतिक दलसहित विभिन्न संघसंस्था र सहयोगी दाताहरूले उपलब्ध गराइएको राहत वडास्तरमा गठन भएका राहत समितिमार्फत अति विपन्न परिवारलाई वितरण गरिने बताए ।

नेपाल तरुण दल नवलपरासीले विदेशबाट गाउँ आएका सर्वसाधारणका बारेमा जानकारी गराउन वडास्तरका तरुण कार्यकर्तालाई निर्देशन दिएको छ ।

वडाध्यक्ष समेत रहेका तरुण अध्यक्ष गुरुङ विदेशबाट गाउँ, टोलमा आएका व्यक्तिलाई निगरानीमा राखेर वडाध्यक्ष वा सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेका छन् ।

नवलपरासी जिल्लाबाट खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारमा हृदय त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् ।

मन्त्री त्रिपाठीले जिल्लामा रहेका मजदुर र अति विपन्न जनताका विषयमा केही नगरेको भनेर आलोचना भइरहेका बेला कांग्रेसले लकडाउनका कारण समस्यामा परेका जनतालाई चामल वितरणका लागि स्थानीय तहहरूलाई उपलब्ध गराएको छ ।

 

Published : Sunday, 2020 April 5, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया