कांग्रेसले दियो ओली सरकारलाई ब्याकअप, काेराेना राेकथाममा सहयाेग हुने

काठमाडौं । कोरोना भाइरसका कारण मुलुक लकडाउनमा रहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समस्या समाधानका लागि पूर्वप्रधानमन्त्रीहरू परामर्श गरेका छन् ।

सभापति देउवाले आइतबार पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दहाल, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई तथा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी टेलिफोनमा संवाद गरेका हुन् ।

टेलिफोन कुराकानीमा देउवाले कोरोना भाइरसको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपील गरेका छन् ।

नेपाली कांग्रेसले सरकारलाई कोरोना भाइरसको संक्रमण रोक्नका लागि सबै प्रकारको सहयोग गर्ने जनाइसकेको छ ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि कांग्रेसले सरकारी कोषमा पचास लाख नगद र आफ्ना सांसदहरूको १५ दिनको तलव दिइसकेको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकार कोरोना भाइरस रोकथामका लागि काम गरिरहेका बेला कांग्रेस सभापति देउवाले सहयोग गर्न पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श गरेपछि सरकारलाई बल पुगेको छ ।

Published : Sunday, 2020 April 5, 6:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया