कांग्रेस नेता बस्नेतले स्वास्थ्य सामग्री दिएपछि खुसी भए स्वास्थ्यकर्मीहरू

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपाकिलाका स्वस्थ्यकर्मीहरूलाई मेडिकल सामग्री सहयोग दिएका छन् ।

कोरोना भाइरसको संक्रमण रोकथामको लागि प्रयोग गरिने स्वास्थ्य सामग्री पाएका त्रिपुरासुन्दरी गाउँपालिकास्थित धुस्कुन उपस्वस्थ्य चौकी, पिस्कर स्वास्थ्य चौकी, तौथली स्वास्थ्य चौकी र टेकानपुरका स्वास्थ्यकर्मीहरू ‘पीपीई’ अर्थात ब्यक्तिगत सुरक्षा सामग्री, सेनिटाइजर, माक्स ग्लोब्स पाएपछि खुसी देखिएका हुन् ।

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले गाउँका स्वास्थ्य चौकी र केन्द्रहरूमा स्वास्थ्य सामग्रीहरू पु¥याएको छैन ।

कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन गरेपछि स्वास्थ्य सामग्री अभावमा गुज्रिएको त्रिपुरासुन्दरी गाउँपालिकाका स्वास्थ्य संस्थामा कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले जिल्लामा स्वास्थ्य सामग्री सहयोग गर्दै आएका छन् ।

नेपालमा संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्यकर्मीहरू पीपीई नभएका कारण आत्तिएका छन् । सरकार भने आवश्यक सामग्री उपलब्ध गराउन सकेको छैन ।

पूर्वमन्त्री समेत रहेका बस्नेतले भने, ‘यस्तो अवस्थामा हामीले गाउँमा पुगेर सामग्री दिएका छौँ, यसले स्वास्थ्यकर्मीहरूमा कोरोना भाइरसको संक्रमणका बिरामीलाई उपचारमा खटिदा हुने जोखिमबाट बच्न सकिने भएकाले उनीहरूको लागि सहयोग गर्दै आएका छौँ ।’

पिस्कर स्वास्थ्य चौकीका स्वस्थ्यकर्मी भन्छन्, ‘कोरोना भाइरससँग मिल्दोजुल्दो खालका बिरामी बढीरहेका छन् । स्वास्थ्य संस्थामा आवश्यक सामग्री आएको छैन ।’

‘अहिले यहि पीपीई भएपनि पाएका छौँ’, स्वास्थ्यकर्मीले भने, ‘सहयोगमा जुट्ने पूर्वमन्त्रीलाई हृदय देखिनै धन्यावादी दिन्छौँ ।’

तौथलीका स्वस्थ्यकर्मी गंगा राईले सिन्धुपाल्चोकको सबैभन्दा बाक्लो बस्ती तौथली रहेको भन्दै यस्तो बस्ती भएको वडामा समेत गाउँपालिकाले चाहिने सहयोग र पूर्व तयारी गर्न नसकेको भनेर चिन्ता जनाइन् ।

‘हामीमा एउटा त्रास पैदा भएको छ । कोरोनासँग मिल्दोजुल्दो बिरामी आउनासाथ डराउनुपर्ने अबस्था आइपरेको छ’, राइले भनिन् । सामान्य अबस्थामा रहन समेत कुनै मेडिकल सामग्री नरहेको उनले बताइन् ।

‘अहिले जताततै अभाव देखिन्छ । तपाईंहरूको यो सहयोगले स्वास्थ्यकर्मीमा एउटा हौसला मिलेको छ’, राईले भनेकी छिन् । स्वास्थ्य सामग्रीको अभावका कारण यतिबेला सिन्धुपाल्चोकका स्वास्थ्य क्षेत्र निकै शसंकित देखिएका छन् ।

Published : Sunday, 2020 April 5, 11:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया