काेराेनाकाे शंका लागेपछि नेविसंघका केन्द्रीय उपसभापति क्वारेन्टाइनमा

बुटवल । नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय उपसभापति मुक्तिराज पौडेल क्वारेन्टाइनमा बसेका छन् ।

कोरोनाको लक्षण देखिएका एक बिरामीलाई उपचारको क्रममा नजिक भएपछि पौडेल क्वारेन्टाइनमा बसेका हुन् ।

ती व्यक्ति तीन हप्ताअघि विदेशबाट आएको बुझिएको छ । उनले आफ्नै घरको एक कोठालाई चार दिनदेखि क्वारेन्टाइनको रुपमा प्रयोग गरिरहेको बताए ।

पौडेल घरपरिवारसँग पनि सम्पर्कमा छैनन् । ‘खाने भाँडाकुडा छुट्टै प्रयोग गरेको छु’, उनले भने, ‘खाएको भाडाहरू आफै माझेर राख्छु ।’

शंका लागेकाले आफू सुरक्षित हुन र अरुलाई सुरक्षित गराउनका लागि क्वारेन्टाइनमा बसेको उपसभापति पौडेलले बताएका छन् ।

आइतवार ती व्यक्तिको स्वाब परीक्षणको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाने र परीक्षणपछि आउने रिर्पोटका आधारमा आफू क्वारेन्टाइनको बसाइँलाई निर्कौल गर्ने उपसभापति पौडेलको भनाई छ ।

आफ्नो स्वास्थ्यमा भने त्यस्तो केही नदेखिएको नेविसंघका उपसभापति पौडेलले जानकारी दिएका छन् ।

Published : Sunday, 2020 April 5, 11:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया