कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद शाहद्वारा कपिलवस्तु ३ मा चामल वितरण

कृष्णानगर । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिशेषप्रताप शाहले लकडाउनका कारण समस्यामा परेका अति विपन्न परिवारलाई सहायता वितरण गरेका छन् ।

कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर ३ मा कांग्रेसका सांसद शाहले आफ्नो क्षेत्रमा पर्ने सबै गाउँपालिका र नगरपालिकालाई वीस–वीस क्वीटलका दरले चामल विरतरण गर्नेछन् ।

गाउँपालिका र नगरपालिकाले आवश्यक्ताअनुसार अति विपन्न घरपरिवार र मजदुरहरूलाई चामल वितरण गर्नेछ ।

सांसद शाहले शनिबार शिवराज नगरपालिकालाई अति विपन्न परिवार र मजदुरहरूलाई तिवरण गर्नका लागि वीस क्वन्टल चामल उपलब्ध गराएका छन् ।

शिवराज नगरपालिकामा सांसद शाहले अति विपन्न परिवारलाई सहायता वितरणका लागि उपलब्ध गराएका हुन् ।

सांसद शाहले चामल वितरण गरेका हुन् । सांसद शाहले शनिबारदेखि आफ्नो क्षेत्रका सबै नगरपालिका र गाउँपालिकालाई चामल वितरण गर्न शुरु गरेका छन् ।

शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीलाई क्षेत्र नम्बर ३ का कांग्रेस कार्यबाहक सभापति गोविन्द केसी र युवा नेता अजय थापाले चामल हस्तान्तर गरेका हुन् । कांग्रेस नेता केसीले ५१ हजार नगद आर्थिक सहयोग पनि गरेका छन् ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद शाहले आइतबार विजयनगर गाउँपालिका र कृष्णानगर नगरपालिका वीस–वीस क्वीन्टल चामल उपलब्ध गराउनेछन् ।

महाराजगञ्ज नगरपालिकाको तीन वडा वडाका लागि सांसद शाहले दश क्वीन्टल चामल उपलब्ध गराउने जानकारी दिए ।

चामल वितरण कार्यक्रममा कांग्रेसका नेता विजयसेन सिंह, मंगरु जयसवाल, बाबुराम खनाल, बब्लु उपाध्याय, हरि पोखरेल, प्रेमबहादुर रायमाझी, विनोद नेपाल, हुमाकान्त खनालको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2020 April 4, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया